गुल्मी– दुविचौरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। गौंडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा तम्घास–२ का २६ वर्षीय दानबहादुर खत्रीको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।जुभुङका दिनेश थापा दुर्घटनामा घाइते भएका छन्। तीब्र गतीमा रहेको मोटरसाइकल दुबिचौर–४ मा सडकबाट ५० मिटर तल खसेको छ।
अर्को समाचार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
अर्को समाचार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
काठमाडौँ – मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गएराति १।३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्रगतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिए। दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन्।
घाइतेको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।