गुल्मी-जीप दुर्घटनमा परी गुल्मीमा चार जनाको मृत्यु भएको छ। दरबारदेवीस्थान गाबिसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज २५२९ नम्वरको जीप आज बिहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र तीन जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।आइतबार बिहान दरबारदेवीस्थान –८ चारपालामा लु १ ज २५२९ नम्बर जीप दुर्घटना हुँदा दरबारदेबिस्थान-८ का ३५ वर्षीय महेन्द्र कुँवर, ५० वर्षकी जमुना खत्री, ८ वर्षका बालक बिवश थापा र वलोकट –८ अर्घाखाँचीकी सानुमियाको ज्यान गएको प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले बताए। दुर्घटनामा परी १० जना घाईते भएका छन्। घाइते मध्ये आठ जनालाई उपचारका लागि पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ भने दुई जनाको जिल्ला अस्पताल तम्घास उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भिर छ। अधिकांश घाइतेहरुको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ।
अर्को समाचार
गुल्मीमा जीप दुर्घटना, चारको मृत्यु
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ