इलाम- दस वर्षीय राजेश कोइराला बुधबार फूर्तिफार्तीसहित चियाबारीको आदर्श निमावि भर्ना भए। कक्षा– ५ मा नाम लेखाएपछि उनलाई शिक्षिका गीता सुवेदीले अबिर लगाइदिइन्। आमासँग झन्डै २० मिनेट हिँडेर नाम लेखाउन विद्यालय आउन्जेल राजेश निकै खुसी देखिन्थे। तर, शिक्षिकाले टीका लगाइदिँदै 'किताबचाहिँ पछि' भनेपछि उनी लोलाए। अनुहार अँध्यारो पार्दै घर फर्किए।सदरमुकामको उक्त विद्यालयमा ७० विद्यार्थी भर्ना भइसकेका छन्। अभियान सुरु भएको दुई दिनमै यत्तिका विद्यार्थीले नाम लेखाउँदा विद्यालयका सबै खुसी छन्। तर, भर्ना अभियानसँगै विद्यार्थीको हातमा पुस्तक थमाउने सरकारी घोषणा भने कार्यान्वयन भएको छैन। प्रधानाध्यापक शेखरसिंह खत्री भन्छन्, 'पुस्तक आइसकेको छ, वैशाख १० देखि मात्रै बाँड्छौं।'
नयाँ शैक्षिक सत्र सुरु भइसक्दा जिल्लामा निमावि तहका पुस्तक पर्याप्त आए पनि विद्यालयले 'थन्क्याउने' र 'नलैजाने' समस्याले राजेशजस्ता हजारौं विद्यार्थी निराश छन्। 'नाम लेखाएपछि स्कुलले पुस्तक दिइहाल्छ भनेको तर पाइएन,' राजेशकी आमा बालकुमारीले भनिन्, 'भएका पुस्तक पनि नदि“दा छोराको उत्साह खस्किएको छ।'
इलाममा मात्रै ५ सय ५२ विद्यालय छन्। त्यहाँ प्राथमिक तहका ३० हजार ५ सय, निम्न माध्यमिकका २० हजार १ सय ८ र माध्यमिकका ८ हजार ५ सय ६० विद्यार्थी भर्ना हुने शिक्षा कार्यालयको अनुमान छ। ती विद्यालयमध्ये २५ प्रतिशतले पुस्तक लगिसकेका छन्। तर, आदर्श निमाविमा जस्तै भाखा राखेर विद्यार्थीलाई पन्छाउ“दैछन्। यसबारे बुझ्न खोज्दा जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले फोन उठाएनन्।
शिक्षाविद्का अनुसार, कलिला विद्यार्थी नयाँ पुस्तकप्रति हत्ते हाल्छन्। पढाइ सुरु नहुँदै विद्यार्थीका हातमा पुस्तक पुग्दा उनीहरुको पढाइप्रेम बढ्छ। तर बिडम्बना, सामुदायिक विद्यालयमा नाम लेखाउनेबित्तिकै त परै जाओस्, हप्तौंसम्म विद्यार्थीले पुस्तक पाउ“दैनन्। सरकारले शैक्षिक स्तर बढाउन भन्दै पुस्तक छपाइ र वितरणमा करोडौं धनराशी खर्चे पनि विद्यार्थीले बेलैमा पुस्तक पाएका छैनन्।
'यसपल्ट पनि पुरानै रोग बल्झिँदैछ, केटाकेटीले समयमै पुस्तक पाउने छनक देखिँदैन,' दुई छोरीका अभिभावक केशव गुरुङ भन्छन्, 'स्कुलले सित्तैमा दिने भएपछि आफैं किन्ने कुरा भएन तर पाउनेचाहिँ कहिले हो कहिले!' विद्यालय तहसम्म निःशुल्क शिक्षाको घोषणा गरेको सरकारले पुस्तक छाप्न गरेको ढिलाइ र प्रभावकारी वितरणमा हेल्चेक्रयाइँ गर्दा देशभरका ७० लाख विद्यार्थी समस्यामा पर्दैछन्।
बिक्रेताका गोदाममा पुस्तक थन्केको निकै दिन बितिसक्दा पनि धेरैजसो विद्यालयले लगेकै छैनन् भने लगेकाले वितरणमा आनाकानी गर्दैछन्। यसले नयाँ पुस्तक चाहने विद्यार्थी मर्कामा छन्।
'पुस्तक लगिसकेको भए विद्यार्थीलाई पर्खाउनु हुँदैन,' गोदकस्थित पूर्णस्मारक उमाविका प्रधानाध्यापक विमल प्रधान भन्छन्, 'पछि पनि दिनैपर्छ, बेलैमा दिँदा विद्यार्थीले केही न केही सिक्ने मौका पाउँछन्।' मंगलबारदेखि भर्ना अभियान थालेको उक्त विद्यालयले भने बुधबार केही विद्यार्थीलाई पुस्तक दिइसकेको छ। नयाँ पुस्तक हात परेपछि विद्यार्थी रमाएको जनाउ“दै उनले आएका पुस्तक नथन्क्याउने बताए।
भर्ना सुरु भइसक्दा जनक शिक्षाले पूर्वमा ४० प्रतिशत पुस्तक मात्रै वितरण गरेको छ। छपाइमै ढिलो गर्दा कक्षा ९ र १० को पुस्तक अभाव छ। विराटनगरस्थित उक्त कार्यालयका प्रमुख कल्याणकृष्ण डंगोलले पूर्वका १० जिल्लामा ७७ बिक्रेतामार्फत झन्डै आधा पुस्तक पठाएको जनाए पनि विद्यार्थीले हात पारेका छैनन्। धेरै विद्यालयले पुस्तक लैजानै बाँकी छ। लगेकाले 'एकैपल्ट बाँड्ने' भन्दै थन्क्याएका छन्।