दुम्किवास (नवलपरासी)- जिविसले रोक लगाए पनि यहाँको विनयी खोलामा निर्बाध रूपमा एक्स्काभेटर प्रयोग भएको पाइएको छ। भूमिगत शैलीले सञ्चालनरत एक क्रसर उद्योगले अनुमतिबिनै ढुंगागिट्टी उठाइरहँदा सम्बन्धित निकाय मौन छन्।
दुम्कीबास बजारबाट केही टाढा विनयी खोलाको सुनसान क्षेत्रमा गिटी बालुवा भर्न हिँडेका र भरेर फर्केका ट्र्याक्टरको लर्को देखिन्छ। दुम्कीबास बजारबाट टाढा जंगलछेउको खोंचमा चर्को आवाजमा कराउँदै गरेको क्रसर उद्योग नै भेटिन्छ। खोलाको बीचमा तीन एक्स्काभेटर उक्त उद्योगलाई गिट्टी निकालिरहेका हुन्छन्।
जिल्ला विकास समिति नवलपरासीका स्थानीय विकास अधिकारी राजुराज कडरिया विनयी खोलामा गिट्टी उठाउन दिए पनि एक्स्काभेटर चलाउन कसैलाई स्वीकृति नदिएको बताउँछन्। यसले सुनसान ठाउँमा क्रसर उद्योग खोलेर खोलाको दहन गरेको पुष्टि हुन्छ।
विनयी खोलामा गिट्टी उठाउने ट्र्याक्टरले जिविसबाट स्वीकृतिप्राप्त ठेकेदारलाई प्रतिटि्रप चार सय रुपैयाँ राजस्व तिर्छन्। 'सन्तोष गुरुङको मिलन सप्लायर्सले गिट्टी ढुंगा उठाउने स्वीकृति पाएको हो तर एक्स्काभेटर लगाउने स्वीकृति कसैलाई छैन,' कडरियाले नागरिकसँग भने। एक्स्काभेटरले खनेको गिट्टी ती ट्र्याक्टरमा लोड हुँदैन। दुम्कीवाससँग जोडिएको बेणीमणिपुर–९ को पिदरीस्थित क्रसर उद्योग महावीर सेक्रिगेटले त्यो ढुंगागिट्टी उपयोग गर्छ। खोलाकै डिलमा रहेको स्थानीय हरि सुवेदीको जग्गा किनेर उद्योग सञ्चालनमा आएको हो।
उत्तरबाट दक्षिणतर्फ बगेको खोलाको पूर्वी किनारमा छ क्रसर उद्योग। पश्चिम किनारमा बाक्ला घर छैनन्। उत्तरको सर्दी निकै टाढा छ। शुक्रबार मध्याह्न क्रसर उद्योगदेखि लगभग पाँच सय मिटर उत्तर खोलामा तीन एक्स्काभेटर थिए। एउटा मात्रै चलिरहेको थियो। केहीपछि उद्योगबाट दुई टि्रपर निस्किए। एउटा टि्रपरको नम्बर मेटिएर नबुझिने थियो। दुई टि्रपर बीचको एक्स्काभेटरनेर गएर अडिए। एक्स्काभेटरले धमाधम टि्रपरमा गिट्टीबालुवा लोड गर्यो । १० मिनेटपछि लोड ती टि्रपर क्रसर उद्योग छिरे।
खोला र जंगलको आडमा रहेको सो क्रसर उद्योगबारे आफूलाई थाहा नभएको सम्बद्ध अधिकारीहरू बताउँछन्। 'क्रसर उद्योग कस्को हो, थाहा भएन। घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुन्छ, त्यहीं गएर बु‰न पर्ला,' नवलपरासीका स्थानीय विकास अधिकारी कडरियाले भने। बेणीमणिपुर गाविसका सचिव कृष्ण अर्याल पनि आफूलाई जानकारी नभएको बताउँछन्। 'त्यहाँ क्रसर उद्योग छ तर कसको हो, थाहा छैन,' उनले भने। उनले खोलामा एक्स्काभेटर प्रयोग गरिएको नदेखेको बताए। उनको घर दुम्कीबासमै हो। घर र कार्यालय गर्दा उनी त्यही क्रसर उद्योगको बाटो जानुपर्छ। तर, उनी भन्छन्, 'अर्कै बाटो हिँड्ने भएकाले खोलामा एक्स्काभेटर गए/नगएको थाहा भएन।'
नवलपरासी जिविसले एक्स्काभेटर प्रयोगमा कडाइ गरे पनि यहाँ खुलेआम खोला गहिर्या्इँदै छ। बस्ती जोगाउन खोला खोल्ने कामबाहेक अरू कामका लागि एक्स्काभेटर प्रयोग गर्न नदिइने स्थानीय विकास अधिकारी कडरियाले बताए। 'स्वीकृति नै नदिएको ठाउँमा एक्स्काभेटर चलेको छ भने अनुगमन हुन्छ, प्रशासन लगाएर बन्द गराउँछौं,' उनले भने।