चितवन - उपचारको क्रममा निधन भएकी सुत्केरीकोको विषयलाई लिएर भरतपुरको चितवन मेडिकल कलेज शिक्षण अस्पताल क्षेत्र बज दिउँसोदेखि तनावग्रस्त बनेको छ। आफन्तहरुले सुत्केरीको मृत्यु चिकित्सकको लापरबाहीले भएको आरोप लगाउँदै आएका छन्। विरोध प्रदर्शनका लागि अस्पताल पुगेका मृतकका आफन्त, छिमेकी र माओवादी कार्यकर्तालाई प्रहरीले लठीचार्ज गरेर भगाएको छ।भरतपुर नगरपालिका वडा नं १२ बसन्तचोककी २२ वर्षीया भवानी खतिवडा घिमिरेको उपचारको क्रममा हिजो मध्यान्ह निधन भएको थियो। जेठ २१ गते अस्पतालमा भर्ना भएकी उनको भोलिपल्ट शल्यक्रिया गरेर शिशु निकालिएको थियो। अस्पतालले मृगौलामा पनि समस्या आएकाले उपचारको क्रममा भवानीको निधन भएको जनाएको छ।
लापरबाहीको आरोप लगाएका आफन्त तथा छिमेकीहरुले आज अस्पतालमा धर्ना दिएका थिए। धर्ना स्थलमा एकीकृत नेकपा (माओवादी) का स्थानीय नेता कार्यकर्ता पनि सहभागी भएका थिए। दिउँसो तीन बजे अस्पताल परिसरमा भेला भएकाहरुलाई प्रहरीले लखेटेको छ। त्यसपछि सडकमा आएर प्रदर्शन गरेका छन्।
प्रदर्शनको नेतृत्व एकीकृत माओवादीका जिल्लास्तरीय नेताहरुले गरेका छन्। पार्टीका जिल्ला सेक्रेटरी अमर समेत सडकमा भएको विरोध प्रदर्शनमा सहभागी छन्। अस्पताल क्षेत्रमा प्रहरी तैनाथ छ। गाडीहरु आवातजावत गर्न समस्या भएको छ। अस्पताल भित्र भएको धर्नामा बोल्दा माओवादीका स्थानीय नेता रमेश पौडेलले आफूहरु माओवादी नेता तथा पूर्व सभासद् नारायण दाहालको निर्देशनमा प्रदर्शनमा आएको बताएका थिए।