सडकमा स्थानीयको रजाइँ
१५ चैत्र २०७०
•
७ मिनेट पाठ
सडकमा स्थानीयको रजाइँ
इलाम- २७ वर्षदेखि सडक विभागमा कार्यरत जेबी राईको पेन्सन पाकिसक्यो तर उमेर हद ननाघेकाले अवकाश भएको छैन। उनलाई थाहा छ, शरीरमा रक्तसञ्चार गराउन नसाको जति महत्व छ, विकासका लागि सडक त्यत्तिकै महत्वपूर्ण हुन्छ।'तर म हार खाइसकेको छु, सार्वजनिक सम्पत्तिलाई पेवा पार्न खोज्ने बढेपछि सडक विभागमा काम गर्न अब सजिलो छैन,' निजामती कर्मचारीमाझ पहिल्यैदेखि चिनिएका राईले बुधबार हरेस खाए, 'हामी जति सुधार्न खोज्छौं, सडक कब्जा गर्न खोज्ने दोब्बर बढ्छन्।' 
पूर्वाञ्चल डिभिजन सडक कार्यालयमै बसे पनि नायब सुब्बा राईको कार्यक्षेत्र मेची राजमार्ग हो। झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटार जोडिने २ सय ४५ किमीको यो राजमार्ग देशका अरू मार्गजस्तै अव्यवस्थित छ। 
हिउँद लागेपछि चारआली–बुधबारे खण्डमा किसान सडकमै धान थुपार्छन्, गोरु नारेर दाइँ गर्छन् र धान पनि त्यहीं सुकाउँछन्। सयौंको संख्यामा गुड्ने सवारी साधन घन्टौं जाममा पर्छन्।
सुनमाईमा अढाइ दर्जनभन्दा बढी झुप्रे पसल खुलेका छन्। रोकिँदै गुड्दै गर्ने सवारी साधन र यात्रुको चापले त्यहाँ दिनभर घुइँचो हुन्छ। सानो पाथीभराको फेदीस्थित कुटिडाँडामा सडकसँगै जोडेर पूजाका सामग्री र मदिराका पसल राखिएको छ। 
फिक्कलका 'कोसेली पसल' मा झुन्ड्याइने छुर्पी र ललीपपले सवारी साधन नै छुन खोज्छन्। बिहीबारे हाटका दिन को–कति बेला गाडीमा ठोक्किन्छ, ठेगान हुँदैन। तीनघरेमा सडक मिचेरै दर्जनभन्दा बढी घर बनेका छन्। रातिसम्म खुल्ने राजदुवालीका धेरै घर सडकमै छन्। राजदुवालीस्थित पुलको मुखमा थापिएको घुम्ती पसल हालै बोलेरो जिपले हुत्याएर माइखोलामा पुर्या उँदा ५१ वर्षीया रनमाया मगरको मृत्यु भयो।
बिब्ल्याँटे, पुवाखोला र नेपालटारमा पनि सडक मिच्नेको कमी छैन। पाँचथर राँकेको व्यापारिक रौनक सडकमै छ। पौवाभञ्ज्याङका पसल बसबाट लम्किँदा भेटिन्छन्। 
'नमूना सहर' फिदिमका दर्जनौं घर सडकमै जोडेर बनाइएको छ। जोरसाल, जोरपोखरी, गोपेटार, सुनुवार चोक, भालुचोक, कावेलीको कथा नयाँ छैन। ताप्लेजुङ फुङलिङ र सुकेटारको सडक मिचाइ इलामलाई उछिन्ने छ। राजमार्गले मेची पहाडको मुहार फेरे पनि आफ्नै मुहार फेरेको छैन। 
त्यसैले निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्यसमेत रहेका राई सडक विभागलाई शक्तिशाली बनाउनुपर्ने सुझाउँछन्। 'सिडिओ, डिएसपी र डिएफओलाई जस्तै अधिकार सडक विभागको प्रमुखलाई दिइनुपर्छ,' राई भन्छन्, 'त्यसपछि कसैले बलमिच्याइँ गर्ने आँट गर्दैन।' 
गोलियाले गञ्जागोल
ताप्लेजुङ, पाँचथर र इलामबाट तराई झर्ने ट्रकमा पहिले अलैंची भरिन्थ्यो अहिले काठको गोलिया। निजी वनमा उत्तिस र मलातो हुर्काउँदै गोलिया बनाएर बेच्दा किसानलाई जति फाइदा छ, सडकलाई भने त्यत्तिकै नोक्सान।
डाँडापाखा र खोल्साखोल्सी जहाँ काटिए पनि अन्तिममा गोलिया जम्मा पार्ने सडकमै हो। तराईका स–मिलमा लैजानुअघि गोलिया सडकमा थुपार्न दैनिक सयौं मजदुर, ट्रयाक्टर र पिक–अप परिचालन हुन्छन्। तिनलाई टाँचा गर्दै ट्रकमा हाल्न हप्तौं, महिनौं लाग्छ।
'करोडौंको लगानीमा बन्ने सडक गोलियाले सधैं गञ्जागोल हुन्छ,' विभागको इलामस्थित कार्यालयका डिई चन्द्रनारायण यादव भन्छन्, 'कालोपत्रे उक्काउने, नाली भत्काउने र सद्दे सडक छिट्टै धुलोपिठो पार्ने कारण गोलियाको अव्यवस्थित रखाई हो।' यसरी गोलिया मनपरी थुपार्दा राजमार्गका लालीखर्क, निबुखोला, बाघखोर, मिलगोलाई, कालापानी, फिक्कल खण्ड गन्जागोल देखिन्छ। 
स्वामित्वको संघर्ष 
'सडक कसको?' धेरैले सहजै भन्छन्, ‘जनताको।' तर, राजमार्गलाई 'पेवा' पार्न मेची पहाडतिर 'सडक मेरो' भन्ने बढ्दै छन्। पाँचथरमा केही व्यक्तिले 'मेरो निजी जग्गाबाट विस्तार भएकाले सडक मेरै नामको हुनुपर्छ, सरकारी हुनुहुँदैन' भन्दै मुद्दा नै दायर गरेका छन्। 'यो सडकमा देखिने मनपरीतन्त्रको एउटा नमूना हो,' राई भन्छन्, 'सार्वजनिक हितको सडक व्यक्तिको पेवा हुँदैन।' 
त्यसो भए सडक सरकारको हुनपर्ने हो। तर, भएको छैन। देशभरका सडक आफ्नो स्वामित्वमा ल्याउन सरकारले सडक विभागको नाममा लालपूर्जा बनाउने घोषणा गरेको वर्षौं भयो। राजपत्रमा निस्केको सूचना कार्यान्वयन गर्न विभागले दायाँ–बायाँको १५/१५ मिटरसहित सडकलाई आफ्नो बनाउने प्रयास पनि गर्योव। 'तर प्रयास सार्थक भएन,' डिई यादव दुःखेसो गर्छन्, 'व्यक्तिले कब्जा गर्न खोज्दा लगानी खेर जाँदैछ।' 
लालपूर्जा बनेपछि मात्रै सडक मिच्दै संरचना बनाउनेलाई कारवाही हुन्छ। विभागले लालपूर्जा नबुञ्जेल 'सडक मेरो स्वामित्वको हो' भन्न मिल्दैन। लालपूर्जा बनाउन सजिलो छैन। सडकले छोए जति निजी जग्गा धनीले लगत कट्टा गर्दै विभागलाई पास गर्नुपर्छ। त्यसो गर्न कोही तयार देखिँदैन। १५ मिटर नछोडी सडक नजिकै संरचना बनाउने बर्षेनी थपिन्छन्। मिचेको देखेपछि विभागले 'त्यसो नगर्न' चिट्ठी लेख्छ, तर सुनेको नसुन्यै घर ठडिन्छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस