जाजरकोट– सीमा १ छेराबजारस्थित चमेरेभीरमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुई बेपत्ता छन् भने दुई जना घाइते छन्।
खोटो लिएर जाजरकोटको बालुवाबजारबाट सुर्खेतको राकम जाँदै गरेको लु१प ८४१५ नम्बरको ट्र्याक्टर पल्टिँदा सीमा ९ का लीले वादीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए। ट्याक्टर भीरबाट भेरी नदीमा खसेको थियो। सीमा १ का भोला कार्की र कार्कीगाउँ ७ की गंगा राना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।