काठमाडौं- अभिभावकविहीन (अनाथ) लाई संरक्षण गर्न भनेर खुलेका राजधानीका बालगृहमा आश्रित अधिकांश बालबालिका अनाथ छैनन्। बालअधिकार नियमन र बालगृह अनुगमन गर्ने अधिकारप्राप्त सरकारी निकाय केन्द्रीय बालकल्याण समितिको पछिल्लो प्रारम्भिक अध्ययन–प्रतिवेदनअनुसार राजधानीमा सञ्चालित बालगृहमा आश्रित ८० प्रतिशत बालबालिकाका आमा वा बाबु वा दुवै रहेका पाइएको छ।समितिले राजधानीका ३ सय २५ बालगृहमा गरेको स्थलगत निरीक्षणबाट यस्तो निष्कर्ष निकालेको हो।
बालअधिकार ऐन, २०४८ अनुसार अनुमतिप्राप्त बाल (कल्याण) गृहले बेवारिस वा बाबु, आमा (अभिभावक) नभएका बालबालिकालाई मात्र आश्रय दिन मिल्छ। अन्तर्राष्ट्रिय बालअधिकार अभिसन्धि (सिआरसी) ले समेत सहाराविहीन प्रमाणित भएपछि मात्र मापदण्ड पुगेका बालकल्याण गृहमा राखेर बालबालिकाको संरक्षण तथा अन्य अधिकार प्रत्याभूत गराउनुपर्ने व्यवस्था गरेको छ। नेपाल सिआरसीको पक्ष राष्ट्र हो।
'बालगृहहरूले अनाथ वा सडकबाट उद्धार गरेको भनेर राखेका बालबालिकामध्ये परिवारको कुनै सदस्य नभेटिएका वास्तविक अनाथ २.८४ प्रतिशत मात्र रहेको पाइयो,' समितिका कार्यक्रम व्यवस्थापक नमूना भुषालले प्रकाशनको क्रममा रहेको प्रतिवेदनबारे जानकारी दिँदै बुधबार नागरिकसँग भनिन्।
उनका अनुसार आश्रित बालबालिकामध्ये आमाबाबु दुवै नभएका १७.८५ प्रतिशत छन्। आमा मात्र भएका ३१.३२ र बाबुमात्र भएका २१.०९ प्रतिशत पाइएको छ। आमाबाबु दुवै भएका २६.९० प्रतिशत छन्।
काठमाडौं उपत्यकाका ३ सय २५ बालगृहमा ८ हजार ४ सय ४२ बालबालिका रहेको समितिले जनाएको छ। समितिका अनुसार देशभरका ७ सय ९७ बालगृहमा १५ हजार २ सय १५ बालबालिका छन्।
'राजधानी मात्र होइन, देशभरका बालगृहमा अनाथभन्दा आमा, बाबु वा दुवै भएका बालबालिका नै बढी छन्,' समितिका कार्यकारी निर्देशक तारक धितालले नागरिकसँग भने, 'केही बालगृहले अनाथ वा सडक बालबालिका भन्दै दुर्गम क्षेत्रबाट केटाकेटी ल्याएर पाल्ने गरेको हाम्रो अनुसन्धानमा भेटिएको छ।'
दिलशोभा श्रेष्ठद्वारा सञ्चालित 'आमाघर'मा रहेका अधिकांश बच्चा पनि कर्णालीका विभिन्न जिल्लाबाट ल्याइएका हुन्। श्रेष्ठले बालगृहमा रहेका बालबालिका सडकबाट उठाएर ल्याएको दाबी गर्दै आए पनि उनकै संस्थाले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार कर्णालीका विभिन्न जिल्लाबाट ल्याएको देखिन्छ।
जिल्ला प्रशासनमा रहेको आमाघरको आर्थिक वर्ष २०६८/६९ को प्रतिवेदनमा २०६६ चैतमा जुम्लाबाट ३९ बालबालिका ल्याएको उल्लेख छ। समितिका अनुसार उद्धार गरी ललितपुरको 'सानो पाइला' नामक संस्थामा राखिएका बालबालिकाको अवस्था बुझ्दा अधिकांशले आफ्नो परिवार भएको बताएका छन्।
समितिको प्रारम्भिक अध्ययन–प्रतिवेदनअनुसार राजधानीमा रहेका बालगृहमा सिन्धुपाल्चोकबाट ल्याइएका केटाकेटी धेरै छन्। यस जिल्लाबाट ६.५९ प्रतिशत बच्चा ल्याइएको प्रतिवेदनमा छ। धादिङ, काठमाडौं, गोरखा, नुवाकोट, काभ्रे, हुम्ला, मकवानपुर, दोलखा र ललितपुरबाट पनि थुप्रै बालबालिका बालगृहमा ल्याइएका छन्। दुर्गम गाउँहरूबाट गरिब परिवारका केटाकेटीलाई विभिन्न बहानामा राजधानी लगायत सहरी क्षेत्रमा ल्याएर अनाथका रूपमा राख्ने क्रम बढेको धिताल बताउँछन्।
कर्णालीमा सामुदायिक कार्य गरिरहेको 'आइएसआइएस' नामक संस्थामा कार्यरत प्रह्लाद अर्याल पनि 'स्तरीय खाना, स्कुल र स्वास्थ्यको लोभ देखाउँदै गरिब परिवारका केटाकेटी बटुलेर सहरका अनाथालयमा ल्याउने प्रवृत्ति बढेको' बताउँछन्।
'कर्णालीका अभिभावक सुरुमा त काठमाडौंका बालगृहमा बच्चा पठाउन लालायित हुन्छन्,' उनले नागरिकसँग भने, 'काठमाडौंको वास्तविक अवस्था थाहा भएपछि धेरैजना पछुताएका छन्।' कर्णालीमा आफ्ना बालबालिका कुन बालगृहमा होलान् भनेर पीडामा बसेका धेरै अभिभावक रहेको उनले बताए।
अर्यालका अनुसार विभिन्न समूह र व्यक्ति कर्णालीलगायत अन्य दुर्गम क्षेत्रमा घुमेर स्थानीय गरिब परिवारलाई प्रलोभनमा पारेर बच्चा बटुल्न सक्रिय छन्। उनीहरू बच्चालाई राम्रो ठाउँमा राख्ने र राम्ररी पढाएर डाक्टर बनाइदिने भन्दै स्थानीय गरिब परिवारलाई फकाउने गर्छन्। 'सित्तैमा पढाइदिने, राम्रो खानलाउन दिने र भविष्य उज्ज्वल हुने सपना देखाएपछि आमाबाबुको मन त्यसै पग्लिन्छ,' समितिका धितालले भने।
यसरी केटाकेटी बटुल्दा कतिपय आमाबाबुसँग एकदेखि डेढ लाख रुपैयाँसम्म पैसा उठाएको भेटिएको अर्याल बताउँछन्। 'तिनै केटाकेटीलाई जिम्मा लाएबापत बालगृहसँग फेरि अलग्गै पैसा लिन्छन्,' उनले भने, 'ती बालबालिकालाई बालगृहमा ल्याएर अनाथका रूपमा प्रस्तुत गर्दै विदेशी दातृ संस्थाबाट कुस्त आर्थिक सहयोग लिने प्रवृत्ति छ।'
उनले केहीअघि आफ्नो संस्थामार्फत राजधानीका बालगृहमा रहेका बालबालिका र परिवारको पुनर्मिलन गराएका थिए। ठूलो सपना पालेर काठमाडौं पठाएका बालबालिकालाई दयनीय अवस्थामा भेट्दा अभिभावक आत्मग्लानिमा डुबेको अर्याल सम्झन्छन्।
बालबालिका संकलन गर्दा जे भनिए पनि बालगृहमा त्यस्तो केही सुविधा हुँदैन। राजधानीका अधिकांश बालगृहले न्यूनतम मापदण्ड पनि पूरा गर्न सकेका छैनन्। सोचेजस्तो नभएपछि परिवार र बालगृहमा रहेका बच्चामा मानसिक तनाव हुने गरेको उनले बताए।
यतिमात्र होइन, एकचोटि परिवारबाट अलग्याएर ल्याएपछि उनीहरूलाई घरमा कुराकानी गर्नधरि बन्देज लगाइन्छ। आमाघरबाट उद्धार गरिएका ३४ बालबालिकामध्ये अधिकांशले चार–पाँच वर्षदेखि अभिभावक भेट्न त परै जाओस्, टेलिफोनमा बोल्नसमेत नपाएको गुनासो गरेका थिए। उनीहरूले घर जान र आमाबाबु भेट्न मन लागेको बताएका थिए।
'बालबालिकासँग जानकारी लिँदा उनीहरू आफ्नो घर जान आतुर छन्,' उद्धार गरिएका बालबालिकाको अवस्था अध्ययनमा संलग्न एक अधिकारीले नागरिकसँग भने, 'अनाथ भनिए पनि अधिकांश बालबालिकालाई परिवारबाट छुट्ट्याएर ल्याइएको देखियो।' बालबालिकासम्बन्धी ऐनले घरबाहिर रहेका बालबालिका परिवारका सदस्यलाई नियमित भेट गर्न दिनुपर्ने व्यवस्था गरेको छ।