सोलुखुम्बु - सोलुखुम्बुको पर्यटकीय क्षेत्र चौरीखर्क फाक्दिङका होटल व्यवसायीको हत्यामा संलग्न तीन अभियुक्तहरु हतियारसहित पक्राउ परेका छन्।फाक्दिङको स्टार होटलका मालिक ग्याल्जेन शेर्पाको गोली हानी हत्या गरेको आरोपमा तिनै जना अभियुक्तहरु प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोलुखुम्बुको वाकु ४ का २३ वर्षीया निमा देण्डि शेर्पा, गुदेल ९ का २१ वर्षीय अमिन राई र खोटाङ जलेश्वरी ३ का २२ वर्षीय शरणकुमार राई रहेका छन्। उनीहरुको साथबाट हतियार समेत बरामद गरिएको छ।
केन्द्रीय अनुसन्धान व्यूरोको सहयोगमा उनीहरुले जिल्लाकै माथिल्लो क्षेत्र र काठमाडौंबाट पक्राउ गरिएको हो।