मुगु- सदरमुकाम गम्गढी बजारमा रहेको पशुपति शाहीको घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ। शनिबार राति एक्कासी भएको आगलागीबाट ११ वर्षीया बालिका जानकी उपाध्यायको मृत्यु भएको हो। उनी पशुपति शाहीको घरमा बसेर पढ्थिन।
आगलागी नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा राति २ बजे नियन्त्रणमा आएको थियो। आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएका छन्।
आगलागी नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा राति २ बजे नियन्त्रणमा आएको थियो। आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएका छन्।