माफिया चलखेलले डीन नियुक्ति रोकेको छ : डा. केसी
२४ माघ २०७०
•
१६ मिनेट पाठ
माफिया चलखेलले डीन नियुक्ति रोकेको छ : डा. केसी
काठमाडौं– चौध दिन लामो अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी शनिबार दिउँसो २ बजेबाट फेरि आमरण अनशन बस्ने भएका छन्। थप मेडिकल कलेजको सम्बन्धन पक्षमा लबिङ गर्दै आएको 'मेडिकल माफिया' सँग साँठगाँठ गरी त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तिमा आलटाल गरेको भन्दै डा. केसीले शुक्रबार चौथोपटक आमरण अनशन बस्ने घोषणा गरेका हुन्। 




पछिल्लो अनशनपछि थलिएका डा. केसी अझै स्वस्थ भइसकेका छैनन्। उनी टिचिङकै मेडिकल आइसियु कक्षमा उपचाररत छन्।
'सरकारले दुई–तीन दिनभित्रै वरिष्ठताका आधारमा डिन नियुक्ति गर्छु भनेको थियो, १५ दिन बित्दा पनि त्रिवि कार्यकारी परिषद अझै आलटाल गरिरहेको छ,' उनले आइसियु कक्षबाटै शुक्रबार नागरिकसँग भने, 'मेरो स्वास्थ्यभन्दा देश र आमनागरिकको स्वास्थ्यसँग जोडिएको मेरो माग महत्वपूर्ण छ। भोलि (शनिबार) २ बजेभित्र माग पूरा नभए म फेरि अनशन बस्छु।'
कतिपयले एउटा डिन नियुक्तिको विषयलाई लिएर बारम्बार किन अनशन बस्नुपर्यो भन्ने प्रश्न उठाएको उल्लेख गर्दै उनले भने, 'मेडिकल माफियाको चलखेल तोड्न वरिष्ठताका आधारमा डिन नियुक्ति नै सबभन्दा ठूलो अस्त्र हो। यति ठूलो आन्दोलन र अधिकांश चिकित्सक तथा कर्मचारीले वरिष्ठलाई डिन बनाइदेऊ भन्दा पनि त्रिवि पदाधिकारी टसमस नहुनुले नै हाम्रो मागको औचित्य प्रस्ट पार्छ।'
वरिष्ठताका आधारमा डिन नियुक्ति गर्नासाथ मेडिकल माफियाको दुष्प्रयासमा पानी फेरिने हुँदा त्रिवि पदाधिकारी नै माफियाको 'मोहरा' बनेको उनले बताए। 'आइओएमले एक स्वरमा वरिष्ठताका आधारमा डिन देऊ भनिरहेको छ,' उनले भने, 'तैपनि केही घन्टामै टुंगिने प्रक्रियालाई १५ दिनसम्म त्यत्तिकै झुलाएर राख्नुको कारण माफियाको चलखेल नभए के त?'
नयाँ सरकार गठनसँगै माफियाले नयाँ रूपमा सरकारमा प्रभाव पार्न सुरु गर्ने र त्यसले डिन नियुक्तिलाई झनै लथालिंग पार्ने भन्दै उनले 'आन्दोलनको उपलब्धि रक्षा गर्न पनि कुर्नसक्ने अवस्था नरहेको' बताए। 
यसअघि अनशन तोडाउन आफूसँग वार्ता गर्न आएका सरकारका चार सचिवले 'बेवकुफ बनाएको' गुनासो गर्दै डा. केसीले भने, 'आफूलाई स्थायी सरकार भन्ने सचिवहरूले पनि प्रतिबद्धता पूरा गराउन केही गर्न सकेनन्।' उनले पुस २७ गते थालेको अनशन १४ दिनपछि माघ १० मा टंुगिएको थियो।
डा. केसीले थप मेडिकल कलेजको सम्बन्धन दबाबकै कारण राजीनामा दिन बाध्य पारिएका पूर्वडिन डा. प्रकाश सायमीको पुनर्बहाली वा उनले नमाने वरिष्ठताका आधार डिन नियुक्तिको माग राख्दै आएका छन्। यसपालि 'आइओएमको गरिमा र मर्यादा नष्ट हुनेगरी' मेडिकल माफियासँग साँठगाँठ गर्ने त्रिविका उपकुलपति हीराबहादुर महर्जन तथा अन्य पदाधिकारीको बर्खास्तगी माग पनि उनले उठाएका छन्। स्वास्थ्य तथा शिक्षण संस्थालाई राजनीतिक हस्तक्षेपमुक्त गरिनुपर्ने माग यथावत छ। 
'अब डिन नियुक्ति र त्रिवि पदाधिकारीको बर्खास्तगी मेरो बटमलाइन हो,' उनले भने।
यसअघि अनशन तोड्ने क्रममा 'आफ्नो प्रतिबद्धता पूरा नहुञ्जेल र यो सारा अभियानको आत्मालाई सम्बोधन गरिएको प्रत्याभूत नहुञ्जेल पृथक रूपमा आन्दोलन जारी रहने घोषणा गरेको' सम्झँदै डा. केसीले भने, 'हाम्रो आन्दोलनलाई माफिया र तिनका मतियार बनेका सरकार र त्रिवि पदाधिकारीले नजरअन्दाज गरेपछि यो अवस्था आएको हो।'
उनले दुई दिनअघि जनताको नाममा अपिल जारी गरी पुनः अवज्ञा गर्नुपर्ने अवस्था आए त्यसको भागीदार सरकार हुने चेतावनी दिएका थिए। मंगलबारै साँझ अनशन मिति घोषणा गर्ने तयारीमा रहेका उनलाई टिचिङ अस्पतालका रेजिडेन्ट र चिकित्सक संघका प्रतिनिधिले 'केही दिन धैर्य गर्न' आग्रह गरेपछि शुक्रबारसम्म पर्खिएका थिए।
केसीको पछिल्लो अनशन तोडिएयता सरकारले आइओएम डिन नियुक्तिका लागि पटकपटक लिखित निर्देशन दिँदा पनि त्रिवि पदाधिकारीले आलटाल गर्दै आएका छन्। अनशनविरोधी र मेडिकल कलेज सम्बन्धनका पक्षधर तीनजना छानेर 'झारा टार्ने' हिसाबले सिफारिस समिति गठन गरिएको छ।
त्रिवि कार्यकारी परिषदको सोमबारको बैठकले डा. केके ओलीको संयोजकत्वमा डा. रतिन्द्र श्रेष्ठ र डा. दीपक महरा सदस्य रहेको सिफारिस समिति गठन गरेको हो। यी तीनैजना अनशनको विरोधमा थिए। उनीहरू नयाँ मेडिकल कलेजको सम्बन्धनको पक्षमा रहँदै आएका छन्। ओली एमाले निकट, श्रेष्ठ माओवादी र महरा कांग्रेस निकट मानिन्छन्। 
त्रिविले केही महिनाअघि चोर बाटोबाट सम्बन्धन प्रक्रिया थालेको एमाले निकटकै मनमोहन मेडिकल कलेजको अनुगमन समितिमा ओली संयोजक थिए। श्रेष्ठले अनशनविरोधी समूहको अघोषित नेतृत्व गर्दै अनशनलाई 'आत्महत्या'को संज्ञा दिएका थिए। उनले अनशनको समर्थनमा आन्दोलन नगर्न नेपाल चिकित्सक संघलाई चेतावनी दिँदै 'अन्यथा संघ फुटाउने' धम्कीसमेत दिए। त्यस्तै, महरा डा. केसीसँग हाडजोर्नी विभागमै कार्यरत रहे पनि अनशनको विरोधमा लागेका थिए।
'त्रिविले विवादित र अनशनविरोधी व्यक्तिलाई राखेर सिफारिस समिति गठन गर्नुले नै उनीहरूको मनसाय बुझिन्छ,' डा. केसीले भने, 'सरकारले पनि केवल विज्ञप्ति निकालेर गम्भीर भएको नाटक गरेको छ, वास्तवमा मेडिकल माफिया र तिनका मतियार बनेका त्रिवि पदाधिकारीसामु सरकार निरीह देखिन्छ।'
यसअघि त्रिवि कार्यकारी परिषदले पुस २५ मा डा. शशि शर्मालाई डिन नियुक्ति गर्दा सिफारिस समितिको नामसमेत सार्वजनिक गरेको थिएन। अघिल्लो दिन गठन गरेको समितिले दिएको प्रतिवेदनमा टेकेर भोलिपल्टै डा. शर्मालाई डिन नियुक्त गरिएको थियो।
यसबीच डिन नियुक्तिको सिफारिस गर्न गठित समितिका सदस्यहरूबीच शुक्रबार प्रतिवेदन दिने बेला फाटो आएको छ। समितिमा रहेका चिकित्सकमध्ये डा. महराले वरिष्ठताकै आधारमा सिफारिस गर्नुपर्ने अडान राखेका छन्। जबकि माओवादी निकट चिकित्सक डा. रतिन्द्र श्रेष्ठले वरिष्ठ नभए उपप्राध्यापकलाई भए पनि डिनमा सिफारिस गर्नुपर्ने बताए।
डिन नियुक्तिमा आलटाल गरिनुको मुख्य कारण मेडिकल कलेजको सम्बन्धन नै भएको स्रोत बताउँछ। आफूअनुकूल व्यक्ति नियुक्त गर्न नसके कार्यकालभरि थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसकिने देखेरै त्रिवि पदाधिकारीले ढिलाइ गरिरहेको स्रोतको भनाइ छ। त्यसमा पनि डा. सायमीलाई उनीहरू कुनै हालतमा ल्याउन चाहँदैनन्। सायमीले आफू डिन छँदा फ्याकल्टी बोर्डबाटै मेडिकल कलेजको सम्बन्धन बन्द गरेकाले उनलाई कुनै हालतमा फर्काउन नहुने पक्षमा त्रिवि पदाधिकारी छन्।
त्रिवि उपकुलपति हीराबहादुर महर्जन २०६८ साउन २३ मा नियुक्त भएका हुन्। उपकुलपतिको कार्यकाल चार वर्ष हुन्छ। यस आधारमा उनको अवधि साढे एक वर्ष बाँकी छ, जबकि आइओएम डिनको कार्यकाल चार वर्षको हुन्छ। प्रचलित कानुनअनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन त्यतिखेर मात्र सम्भव छ, जब आइओएममा आफूअनुकूल डिन नियुक्त गरिन्छ र डिनले त्यसैबमोजिम फ्याकल्टी बोर्ड बनाउनसक्छ।
सम्बन्धन दिने–नदिनेबारे निर्णय गर्ने निकाय फ्याकल्टी बोर्डमा सदस्य नियुक्त गर्ने अधिकार डिनलाई हुन्छ। बोर्डका ३४ मध्ये १४ सदस्य यही फागुन १० र बाँकी कात्तिक १ मा रिक्त हुँदैछन्। फ्याकल्टी बोर्डमा सम्बन्धन पक्षधरलाई ल्याउन डिन नियुक्तिमा चलखेल भइरहेको आइओएम एक पदाधिकारीले बताए। 
सरकारी प्रवक्ता एवं शिक्षामन्त्री माधव पौडेलले समेत त्रिवि पदाधिकारीसामु सरकार लाचार बनेको संकेत गरिसकेका छन्। सरकारले निर्देशन दिँदा पनि पदाधिकारीले निरन्तर अटेर गरिरहेको बताउँदै उनले केही दिनअघि नागरिकसँग भनेका थिए, 'म पनि मान्छे हुँ, मेरो पनि बाध्यता बुझिदिनुस्, म यो भन्दा के गर्नसक्छु?' तीन दिनदेखि लगातार चिठ्ठी लेखिरहेको र फोन गरिरहेको उनले बताए। 'मसँग हुन्छ, गर्छौं भन्नुहुन्छ तर गर्नुहुन्न,' उनले भने। 
डिन सिफारिस समिति नै विभाजित
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्तिका लागि नाम सिफारिस गर्न बनाएको समिति नै विभाजित भएको छ। कुन आधारमा, कसलाई डिन सिफारिस गर्ने भन्नेमा समितिका सदस्यबीच मत बाझिँदा एक सदस्यले शुक्रबार राजीनामा दिएका छन् भने बाँकीले मात्र सिफारिस गर्न नसक्ने अवस्था उत्पन्न भएको छ।
त्रिवि कार्यकारी परिषदले सोमबार डा. केके ओलीको संयोजकत्वमा डा. रतिन्द्र श्रेष्ठ र दीपक महरा सदस्य रहेको डिन सिफारिस समिति गठन गरेको थियो। यसमध्ये डा. महराले सिफारिसको आधारमै मतभेद भएपछि त्रिवि उपकुलपतिसमक्ष राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत भएको छैन।
समितिका सदस्यबीच डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार नै वरिष्ठताका आधारमा नयाँ डिन नियुक्ति गर्ने कि अन्य आधार खोज्ने भन्नेमा विवाद भएको हो।
डा. महराले वरिष्ठताकै आधारमा डिन नियुक्तिका लागि सिफारिसको अडान राखे पनि अन्य दुई सदस्य ओली र श्रेष्ठले वरिष्ठताको आधार हेर्न नहुने मत राखेपछि विवाद सुरु भएको हो। डा. महराले नयाँ डिन नियुक्तिको परिस्थिति नै वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने मागबाट आएको भन्दै अन्यथा सिफारिस गर्न नहुने अडान राखेका थिए। 
ओली एमाले निकट, श्रेष्ठ एमाओवादी र महरा कांग्रेस निकट मानिन्छन्। ओली त्रिविले चोर बाटोबाट अघि बढाएको सम्बन्धन प्रक्रियाको समयमा मनमोहन मेडिकल कलेजको अनुगमन नेतृत्वकर्ता हुन् भने श्रेष्ठले केसी अनशनविरोधी समूहको नेतृत्व गरेका थिए।
एकजनाले राजीनामा दिएपछि यस्तो समिति स्वतः निष्त्रि्कय हुने अवस्था रहेकाले महराको राजीनामा स्वीकृत नगरी उपकुलपतिले शनिबार बिहान सामूहिक छलफलमा बोलाएको अर्का सदस्यले जानकारी दिए।
समितिले यसअघि बिहीबार अस्पतालका वरिष्ठ चिकित्सक, डा. केसी र विद्यार्थी चिकित्सकसँग छलफल गरेको थियो। त्यस क्रममा केसीले सदस्यहरूलाई 'आन्दोलनको भावनालाई सम्मान गर्ने कि आन्दोलनविरोधीको कलंक बोकेर हिँड्ने भन्ने निर्णय गर्ने जिम्मा उनीहरूकै काँधमा आएको' बताएका थिए।
समितिका सदस्यलाई वरिष्ठ नियुक्ति भएको अवस्थामा बाहेक डिन हुने अवसर आए नस्विकार्ने भन्दै वरिष्ठ चिकित्सकहरूले यसअघि गरेका हस्ताक्षरसमेत विद्यार्थीले बुझाएका थिए। केसी अनशनको भावनाविपरीत डिन नियुक्ति नहोस् भनेर आवासीय चिकित्सकहरूले यसअघि नै अधिकांश वरिष्ठ चिकित्सकको हस्ताक्षर गराएका छन्। जसमा चिकित्सकहरू डा. करवीरनाथ योगी, डा. डिएन शाह, डा. शरद वन्तलगायत केहीले मात्रै हस्ताक्षर गरेका छैनन्। कनिष्ठ भए पनि डिनका आकांक्षी रहेकाबाहेक वरिष्ठहरूले आन्दोलनको भावनाअनुसार नै हस्ताक्षर गरेको विद्यार्थीको भनाइ छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस