अर्घाखाँची– हंसपुर गाविस वडा नम्बर २ र ३ को बीचमा पर्ने कमेरपानीमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ।
मावली घर आएका अर्घा गाविस बेलटारीका १६ वर्षे अनिल परियारको खेल्ने क्रममा पोलमा चढ्दै गर्दा ट्रान्सफर्मरमा परी करेन्ट लागेर मृत्यु भएको स्थानीय इन्द्र रेग्मीले जनाए। विद्युतले झड्का दिएपछि उनको मृत्यु भएको हंसपुर प्रहरी चौकीले जनाएको छ।