हाजिर भएकै दिन काज मिलाउँछन् डाक्टर
२८ पौष २०७०
•
९ मिनेट पाठ
हाजिर भएकै दिन काज मिलाउँछन् डाक्टर
बाग्लुङ- जिल्लाबाट अञ्चलमा स्तरोन्नति भए पनि धौलागिरी अस्पतालमा 'विशेषज्ञ' र पूर्वाधार अभाव छ। उपचारका लागि आवश्यक उपकरण र दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रभावित भएको हो। २०६४ सालमा जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नति गर्ने निर्णय भए पनि दुई वर्षअघि १५ शैयाबाट ५० शैयामा पुर्‍याइएको थियो। यहाँ सरुवा भएर आउने विशेषज्ञ पोखरा, काठमाडौंलगायत अस्पताल जाने क्रम बढेपछि बिरामीले विशेषज्ञ सेवा पाउन सकेका छैनन्। अञ्चल अस्पतालमा सरुवा भएर आएका डर्माटोलोजिस्ट (छाला रोग विशेषज्ञ) डा.आनन्द नेपाल हाजिर हुन आउँदाकै दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काज सरुवा भए। मिश्र हाजिर हुन यहाँ आउँदा 'काजपत्र' पनि ल्याएका थिए। आउन नपाउँदै उनी फर्किए।
काठमाडौंबाट सरुवा भएर आएका एनस्थेयोलोजिस्ट अभय पोखरेल हाजिर भएको एक सातामै वीर अस्पतालमा काजमा खटिए। एनस्थेयोलोजिस्ट नहुँदा बिरामीको शल्यक्रिया गर्नुपरे बेहोस बनाउने डाक्टर छैनन्। त्यही कारण हर्निया, एपेन्डिसाइटिसको सल्यक्रिया हुन सकेको छैन।
यहाँ सजर्न कन्सल्टेन्ट, ग्ााइनोक्लोजिस्ट, फिजिसियन, डर्माटोलोजिस्ट, अर्थोपेडिक सर्जन, पेडियाआटिसीय, मेडिकल जनरलिष्ट, इएनटी सर्जन, एनस्थियोलोजिस्ट, प्याथोलोजिस्ट, रेडियोलोजिस्टलगायत १२ विशेषज्ञ, एक डेन्टल सर्जन र १० मेडिकल अफिसरको दरबन्दी छ।
१२ विशेषज्ञमा तीन विशेषज्ञले काम चलाउँदै आएका छन्। मेडिकल सुपरिटेन्डेन्ट डा.तरुण पौडेल, सर्जन श्रीकृष्ण भट्ट र गाइनोकोलोजिस्ट डा. प्रेम पंगेनीमात्र दरबन्दीमा छन्। पंगेनी मेडिकल अफिसर पदमा रहेर विशेषज्ञ सेवा दिएका छन्।
दरबन्दीअनुसार विशेषज्ञ नहुँदा उपचार प्रभावित भएको मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलले बताए। 'विगतमा भन्दा सेवामा धेरै सुधार गरेका छौं,' पौडेलले भने, 'खटाएका विशेषज्ञ यहाँ नबस्दा अप्ठेरो परेको छ।' एउटा भवन नयाँ बनेको भए पनि निर्माणाधीन भवन पुरा नहुँदा भवन अभावले उपचार गर्ने ठाउँ छैन।' एउटा भवन निर्माण गरे पनि 'बी' र 'सी' ब्लकको भवन निर्माणमा ढिलाइ हुँदा विभागसमेत छुट्याउन नसकेको उनले बताए। ठेकेदारको लापरवाहीले भवन अधुरै छ। 
अस्पतालमा आइसियु, एनआइसियु, सर्जिकल रुमको व्यवस्था छैन। भवन अभावले आइसियु युनिट निर्माण गर्न गत वर्ष खरिद गरेका करिब ४० लाखका सामान त्यसै थन्किएका छन्। अञ्चल अस्पताल भए पनि सामान्य माइनर अप्रेसनमात्र गर्ने गरेको सर्जन डा. भट्टले बताए। 'सर्जिकल रुम नै छैन,' भट्टले दुखेसो पोख्दै भने, 'बेहोस गराउने प्राविधिको समेत अभाव छ।'
हाइड्रोसिलका बिरामीसमेत पोखरा जाने गरेका छन्। घरनजिकै अस्पताल भए पनि सल्यक्रिया गर्न पोखरा पुगेको बाग्लुङ बजारका प्रमोद शर्माले बताए। 
अस्पतालमा सर्जिकल, इएनटी, गाइनो, जनरल मेडिसिन, साइक्याटि्रक, फिजिसियन, डर्माटोलोजी, अर्थो, पेडियाटि्रक, एनस्थियोलोजिस्ट, प्याथोलोजी, रेडियोलोजीलगायत विभाग हुनुपर्ने भए पनि त्यसै काम चलाएको अस्पतालले जनाएको छ। सात जना मेडिकल अफिसर भए पनि विभागको व्यवस्था नहुँदा एउटै हलमा बसेर बिरामी जाँच गर्छन्।
अस्पतालमा व्यवस्थित अपरेसन थिएटर, एनेस्थेसिया मेसिन, सिटी स्क्यान ,खुट्टा भाँचिएका, प्यारालाइसिस भएका फिजियोथेरापी गर्ने मेसिन, शिशुको स्वासप्रश्वासमा समस्या आए राख्ने इन्कुभेटर, डिजिटल एक्स रेलगायत मेसिन छैनन्।
उपकरण र विशेषज्ञ नहुँदा चिकित्सक र बिरामीले जोखिम लिन चाहँदैनन्। 'सामान्य जोखिम भए पनि पोखरा, काठमाडौं रेफर गर्ने गरेका छौं,' एक चिकित्सकले भने, 'प्रविधि प्रयाप्त नभएकाले रिस्क लिन डराउनुपर्ने हुन्छ।'
वह हर्ट नामक गैरसरकारी संस्थाले केही उपकरण सघाए पनि नवजात शिशु उपचार कक्ष (एनआइसियु) युनिट सञ्चालनमा आएको छैन। 'शिशुको उपचारका लागि रुम तयार भए पनि तालिमप्राप्त जनशक्ति अभाव छ,' सिनियर स्टाफ नर्स जानकी केसीले भनिन्, 'प्रयाप्त उपकरण पनि छैन।'
बाग्लुङलगायत पर्वत, म्याग्दी, मुस्ताङबाट दैनिक करिब दुई सय बिरामी उपचार गर्न यहाँ आउँछन्। चिकित्सकहरु यहाँको दरबन्दीमा बसेर अन्य अस्पतालमा काजमा खटिँदा उपचार प्रभावित भएको धौलागिरी अञ्चल अस्पतालका पूर्वअध्यक्ष कृष्ण केसीले बताए। 'डाक्टरहरु एक हातमा सरुवा र अर्को हातमा काजको पत्र लिएर आउँछन्,' केसीले भने, 'स्वास्थ्य विभागले कडाइ नगर्दा लापरवाही भयो।' पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएको उनले बताए। 
अस्पतालमा केही सुधार भएको छ। उपचारका लागि धौलागिरी अस्पताल, बाग्लुङ आउँदा बिरामी भुइँमा सुत्नुपर्ने बाध्यता अन्त्य भएको छ। गर्भवती महिलाले नर्मल डेलिभरीदेखि सल्यक्रियासम्मको सेवा पाएका छन्। बिरामीले चाहेअनुसार मेडिकल अफिसरसँग परामर्श लिन पाउँछन्।
कुपोषण केन्द्र, एचआइभी संक्रमितलाई सिडिफोर काउन्ट, एआरटी सेन्टर, महिला हिंसाको एकद्वार संकट केन्द्र, सर्वसुलभ गर्भपतन सेवा, भ्यासेक्टोमीलगायत राम्रा अभ्यासको सुरु गरेको छ। अस्पताललाई एक सय शऒ्ढया बनाउने लक्ष्य रहेको अस्पतालले जनाएको छ।
लिफ्ट सुविधासहित पहिलो तलामा एक्सरे, भिडियो एक्सरे, डेन्टल, ओपिडी, इमरजेन्सी, औषधी वितरण, नाम दर्ता, नर्सिङ काउन्टरलगायत छुट्टाछुट्टै व्यवस्था गर्ने योजना रहेको भए पनि पूर्णता पाउन सकेको छैन। 
साढे दुई करोडको आवास गृह निर्माण सुरु
धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न आवास गृह निर्माण सुरु भएको छ। २ करोड ३६ लाख ७५ हजार ९ सय ६१ रुपैयाँको लागतमा भवन निर्माण सुरु गरिएको हो। बाग्लुङ नगरपालिका–२ स्थित अस्पतालको हाताभित्र निर्माण सुरु भएको व्यापारिक सपिङ कम्प्लेक्ससहितको भवन मिलिनियम बिल्डर्स कन्सोटियन प्रालि काठमाडौंले निर्माण अघि बढाएको हो। 
१८ महिनामा काम सम्पन्न गर्नेगरी असारमा सम्झौता भएकाले निर्धारित समयमा सम्पन्न गर्नुपर्ने भवन डिभिजन कार्यालयका इन्जिनियर रामबाबु उप्रेतीले बताए। सो भवन व्यापारिक प्रयोजनको १३ वटा सटरसहित स्वास्थ्यकर्मीको आवासका लागि निर्माण गर्न लागिएको हो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस