काठमाडौं - विवादित डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्ति गर्ने निर्णयविरुद्ध वरिष्ठ डा. गोविन्द केसीले थाल्ने भनिएको अनशन विद्यार्थीहरुको अवरोधले रोकिएको छ।आज दिउँसो २ बजेबाट केसीले आन्दोलन थाल्ने कार्यक्रम थियो तर 'नेविसंघका विद्यार्थी हौं' भन्ने एक समूहले अस्पतालभित्रै केसीविरुद्ध नारावाजी गर्न थालेपछी अनसन सुरु हुन नसकेको हो। यता नेवि संघका अध्यक्ष रञ्जित कर्णले भने हड्ताल रोक्ने योजना नरहेको दावी गरेका छन्। 'पहिलेको आन्दोलनमा हाम्रो समर्थन थियो तर अहिले उनको अनशनप्रति हाम्रो समर्थन छैन्,' कर्णले भने।
पर्याप्त प्रहरी पनि नभएको र विद्यार्थीहरु अस्पतालका वार्डभित्र छिर्दै नारावाजी गर्न थालेकाले अनशन हुने नहुने अन्योल कायम छ।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रकाश सायमीको पुनर्बहालीलगायत चारसूत्रीय माग राखेर शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी आज दिउँसोबाट आमरण अनशनमा बस्ने तय थियो। शुक्रबार अस्पतालमा पत्रकार सम्मेलन गरी उनले माग पूरा नभए मृत्यु स्विकार्ने, अनशन नछाड्ने घोषणा गरेका थिए।
उनले त्रिविका पदाधिकारीको दबाबमा राजीनामा दिन बाध्य पारिएका निवर्तमान डिन डा. प्रकाश सायमीको पुनर्बहाली, नयाँ डिन नियुक्ति प्रक्रियाको छानबिन, त्रिवि पदाधिकारीलाई कारबाही, मेडिकल कलेजको सम्बन्धन प्रक्रिया बन्द गर्नुपर्ने माग अघि सारेका छन्।
पूर्वडिन सायमीले पुस २ देखि लागू हुनेगरी मंसिर १९ गते दिएको राजीनामा बुधबार त्रिवि कार्यकारी परिषदले स्विकृत गरेको थियो। कार्यकारी परिषदले विहीबार नयाँ डिनमा विवादित छविका चिकित्सक डा. शशी शर्मालाई नियुक्त गरेको थियो।