काठमाडौ-सेती नदीले हजारौं वर्ष लगाएर बनाएको पोखराको भूसतहको विस्तृत अध्ययन भूगर्भशास्त्रीहरूले डेढ दशकअघि नै गरेका थिए। त्यतिखेरै पोखराको जोखिमपूर्ण अवस्था आँकलन गर्दै उनीहरूले भनेका थिए, 'यहाँ विकास निर्माण गर्दा उच्च सतर्कता अपनाउनुपर्छ। ठूला खालका संरचना नबनाएकै राम्रो। कुनै पनि संरचना निर्माण गर्नुअघि यहाँको भौगर्भिक जोखिम नक्सालाई ध्यानमा राख्नैपर्छ।'
भूगर्भशास्त्रीहरूले २०५५ सालमै दिएको यो चेतावनी नसुन्दा वा सुने पनि पालना नगर्दा भौगर्भिक हिसाबले जोखिमपूर्ण रहेको पोखराको भूधरातल झन्झन् नाजुक बन्दै गएको छ। अर्मलामा पछिल्लो साता दर्जनौं ठाउँमा एकाएक भ्वाङ परेको घटना यसको उदाहरण हो।
त्यतिखेर खानी तथा भूगर्भ विभाग र जर्मन सरकारको बिजिआर संस्थाले तीन वर्ष लामो अध्ययनपछि प्रकाशित गरेको पोखरा उपत्यकाको इन्जिनियरिङ, वातावरणीय तथा भौगर्भिक नक्साले नेपालकै एक प्रमुख पर्यटन गन्तव्यको जोखिम छर्लंग पार्छ।
डेढ दशक पुरानो तर अझै सान्दर्भिक उक्त अध्ययन प्रतिवेदनअनुसार उच्च जोखिमयुक्त क्षेत्रमा पोखराका प्रमुख सहरी क्षेत्र पर्छन्।
जोखिम नक्सा निर्माण टोलीका सदस्य रहेका भूगर्भविद् लीलानाथ रिमालका अनुसार पोखरा उपत्यका तालहरूले थुपारेको नजमेको माटो, जमेको तर चट्टान नभइसकेका चुनढुंगा र सहरबाहिर डाँडापाखातिर कम्तीमा ५० करोड वर्ष पुराना कडा चट्टानहरूले बनेको छ। पोखरा सहरका अधिकांश भाग अन्नपूर्ण हिमालको काखबाट सेतीले बगाएर ल्याएका चुनढुंगा थुप्रिएर बनेको उनले बताए।
पोखराजस्तै पर्वतको कुश्मा र बाग्लुङ बजार चुनढुंगा जमेर बनेको हो। पोखराको बनोटमा सेतीको भूमिका छ भने पर्वत र कुश्माको बनोटमा कालीगण्डकीको योगदान छ। यी दुई ठाउँमा भने विस्तृत भौगर्भिक अध्ययन भइसकेको छैन।
उक्त नक्साले भ्वाङ पर्ने वा जमिन भासिने जोखिमका आधारमा पोखरालाई उच्च, मध्यम र कम जोखिमपूर्ण क्षेत्र गरी तीन भागमा बाँडेको छ। जोखिमपूर्ण नक्सामा पर्ने क्षेत्रमा नजमेको कमेरो माटो छ। यहाँ पानी कम लाग्ने खेती मात्र गर्न सकिन्छ। अर्मला बेसीका जमिन जोखिमपूर्ण नक्सामा पर्छ भनेर उतिबेलै भनिएको हो। यहाँ विस्तृत अध्ययनबिना कुनै निर्माण नगर्नु भनेर सचेत गराइएको थियो। यसलाई नटेरेर स्थानीय तहमा सडक निर्माण गरियो। धमाधम खोल्सा पुरेर सडक बनाउँदा भित्रभित्रै माटो रसाएर जमिन खाली बन्दै गयो। त्यसैको परिणामले भ्वाङ पर्न थालेको रिमाल बताउँछन्।
'अर्मलाको घटनापछि अहिले समग्र पोखरा नगर क्षेत्रको जोखिम स्थितिबारे चिन्ता व्यक्त हुन थालेको छ, जसलाई हामीले डेढ दशकअघि नै पहिचान गरी नक्सांकन गरेका थियौं,' उनले नागरिकसँग भने।
उनका अनुसार अर्मला लगायत पोखराका हेम्जा बेसी, चिप्लेढुंगा, न्युरोड क्षेत्र, छोरेपाटन, पातले छाँगोजस्ता क्षेत्र जोखिमयुक्त रहेको नक्सामा प्रस्टै उल्लेख छ। विगतमा भ्वाङ परिसकेका स्थानसमेत खुलाइएको उनले बताए।
बृहत अध्ययनपछि पोखराको कुन क्षेत्र जोखिममा छ र कुन छैन भनी किटान गरिए पनि भूगर्भ विज्ञानले कुन बेला कस्तो घटना हुन्छ भन्ने बताउन सक्दैन। 'हामी खतराको घन्टी बजाउन सक्छौं, खतरा कहिले आउँछ तिथि तोक्न सक्दैनौं,' प्रकोप नक्सा टोलीका प्रमुखसमेत रहेका भूगर्भविद् अच्युत कोइरालाले भने, 'घन्टी त हामीले डेढ दशकअघि नै बजाइदिएका हौं, स्थानीय तहमा गोष्ठी गरेर सरोकारवाला सबैलाई जानकारी पनि गराएका हौं, तर सम्बन्धित निकायले महŒव दिएन।'
सम्पूर्ण सहरको भविष्यसँग जोडिएको यस्तो जोखिम व्यवस्थापनको अभिभारा कुनै व्यक्तिविशेषले भन्दा नगरपालिका वा सरकारले नै उठाउनुपर्नेमा उनको जोड छ।
भूगर्भविद्हरूको टोलीले पोखराको भूसतह जोगाउन पानी व्यवस्थापनमा विशेष सावधानी अपनाउनुपर्ने र जथाभावी भौतिक निर्माण गर्न नहुने सुझाएका थिए। पोखरा देशकै धेरै पानी पर्ने क्षेत्र हो।
'यहाँको भूबनोटका लागि पानी नै मुख्य अभिसाप हो,' कोइरालाले भने, 'जोखिम क्षेत्रका बासिन्दाले पानी व्यवस्थापनमा ध्यान पुर्याउनुपर्छ र निर्माणअघि नै जमिनको विस्तृत अध्ययन गराउनुपर्छ।'
किन पोखरामा जोखिम?
अन्नपूर्ण हिमालय क्षेत्रबाट ठूलो परिणाममा आएको बाढीले फरक–फरक कालखण्डमा थुपारेका चुनढुंगाले पोखरा उपत्यका बनेको छ। करिब २० हजार वर्षअघि सुरु भएर ५००–७०० वर्ष अघिसम्म यहाँ चुनढुंगा थुप्रिँदै आएका छन्।
भौगर्भिक घटनाका आधारमा हेर्दा, सबैभन्दा पहिले पोखराको तालाकोट क्षेत्र आसपासको जस्तै भूसंरचना निर्माण भयो। यहाँको चुनढुंगा जमेको छ तर चट्टान भइसकेको छैन। यसलाई भूगर्भविद्हरू तालाकोट 'फर्मेसन' भन्छन्।
दोस्रो कालखण्डमा घाचोक आसपास क्षेत्रको जस्तो भूसंरचना बनेको देखिन्छ। यहाँ चुच्चा खालका चुनढंुगालाई चुनयुक्त मसिनो माटो र बालुवाले जोडेको छ। यसलाई भूगर्भविद्हरू घाचोक 'फर्मेसन' भन्छन्।
'घाचोक क्षेत्रमा भौगर्भिक कारणबाट ठाउँठाउँमा जमिन फुट्ने र चिराहरू पर्ने गरेको पाइन्छ, त्यही चिराबाट पानी छिरेर चुनढुंगा भित्रभित्रै माटो बन्दै जान्छ र त्यो माटो पानीले बगाएपछि भित्रभित्रै भ्वाङ पर्छ,' रिमालले भने। हजारौं वर्षअघि सुरु भएको यो खालको भूपरिवर्तन अहिले पनि जारी रहेको उनले बताए।
तालाकोट र घाचोकको तुलनामा पोखरा 'फर्मेसन'लाई सबैभन्दा कान्छो मानिन्छ। यहाँको जस्तो चुनढुंगा सतह सेती नदी पूर्व र एयरपोर्ट लगायत क्षेत्रमा देखिन्छन्। यो क्षेत्र तुलनात्मक बलियो भएको भूगर्भविद्हरू बताउँछन्।
के गर्ने?
पोखराको प्रकोप नक्सा कोर्ने भूगर्भविद् कोइराला र रिमालले दिएका सुझाव मान्ने हो भने घरकै छेउमा भ्वाङ परेको अवस्थामा पनि आत्तिनुपर्दैन। आँगनमै भ्वाङ पर्दा पनि घर सुरक्षित रहनसक्ने उनीहरू बताउँछन्। यसको निम्ति पानी व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। उनीहरूले दिएका सुझाव यस्ता छन् :
• पोखरा उपत्यकाको भौगर्भिक जोखिम नक्सा राम्रोसँग अध्ययन गरेरमात्र घरघडेरी किन्ने।
• सेती नदीको किनारमा कुनै खालको संरचना बनाउँदै नबनाउने।
• जोखिम नक्साले औंल्याएका उच्च जोखिम, मध्यम जोखिम र कम जोखिम क्षेत्रमा ध्यान पुर्याएर निर्माण गर्ने। कुनै पनि निर्माणअघि भौगर्भिक परामर्श लिने।
• सकेसम्म भौतिक संरचनाको जगमा पानी जान नदिने।
• पानी निकासको राम्रो प्रबन्ध गर्ने।
• पानीको धारा खुला नराख्ने, घरायसी काममा चलाएको पानीको राम्रो र व्यवस्थित निकासको व्यवस्था मिलाउने।
• भरपर्दो ढल निकासको व्यवस्था गर्ने।
• भौतिक संरचना निर्माण गर्दा जमिन खनेर लामो समय त्यत्तिकै नराख्ने। पक्की बनाइहाल्ने वा नचुहिने ढल निर्माण गर्ने।
• वर्षा याममा निर्माणको काम गर्दै नगर्ने।
• निर्माण काम थालेर लामो समय त्यत्तिकै नछाड्ने।