विद्युतको पोलबाट करेन्ट लाग्दा बालकको मृत्यु
२२ वैशाख २०७८
•
१ मिनेट पाठ
विद्युतको पोलबाट करेन्ट लाग्दा बालकको मृत्यु
विद्युतको पोलबाट करेन्ट लाग्दा खोटाङमा एक बालकको मृत्यु भएको छ। माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो। हाइटेन्सनलाईनको तारले पोललाई छोएपछि पोलमा प्रवाह भइरहेको करेन्ट लाग्दा बुधबार बिहान बालकको घट्नास्थलमै मृत्यु भएको हो।  

कात्तिकेस्थित फुपुको घर जानेक्रममा साविकको धितुङ–३ र धितुङ–४ को बिचमा पर्ने भँगेरी जंगलमा सडकको डिलमा रहेको पोलमा लिक भएको करेन्टले बालकको ज्यान लिएको वडाध्यक्ष पृथ्बीराज राईले बताए । टिकीहाङलाई करेन्ट लागेपछि उनीसँगै रहेका अर्का बालकले परिवारलाई खबर गरेका थिए।  

बालक बुलापन्थे माबिमा कक्षा ४ मा अध्ययनरत थिए । काठ्माण्डौंमा रहेका उनी गत वर्षको लकडाउनमा गाउँ आएर बुलापन्थे माबिमा भर्ना भएका थिए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ।

‘दुई जना फुपुको घर जाँदै रहेछन् एक जनालाई करेन्ट लागेपछि अर्को जनाले परिवारलाई खबर गरे र घट्नाको बारेमा थाहा भएको हो,’ वडाध्यक्ष राईले भने, ‘माटी फुटेपछि तारले पोललाई छुँदा गए राती गाउँलेले सो स्थानमा ह्वार–ह्वार्ती आगो बलेको देखेको बताएका छन्। तर बाईकको लाईट बालिएको आशंका गरेछन्। घट्नापछि मात्र पोलमा आगो बलेको थाहा भयो।’ 
अर्को समाचार
ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव
२५ चैत्र २०८०
•
१ मिनेट पाठ
ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव
रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ। गुजरा नगरपालिका ४ मुस्लिम टोलस्थित मामा घरमा बस्दै आएका शेख हसमुल्लाका १३ वर्षीय छोरा शेख सहनबाजलाई आइतबार बिहान ट्र्याक्टरले ठक्कर दिएको थियो।

धनसारबाट जंगलसैयातर्फ आउने क्रममा ना ७ त ७५७ नम्बरको धान काट्ने ट्र्याक्टरले गुजरा नगरपालिका ४ मुस्लिमटोलमा साइकलबाट बाटो काट्ने क्रममा ट्र्याक्टरले ठक्कर दिँदा सहनबाजको टाउकोमा गम्भीर चोट लागेको थियो।

गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ पठाइएकोमा अस्पतालमा पुग्नुअगावै उनको बाटोमै मृत्यु भएको थियो। बालकको मृत्युपछि शवलाई घटनास्थलमा ल्याएर बाटोमा राखी स्थानीयको आक्रोशित समूहले जंगलसैया धन्सार भित्री सडक अवरुद्ध पारेका थिए।

सयौँको संख्यामा स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि केही बेर तनाव उत्पन्न भएको थियो। घटनास्थलमा जंगलसैया एफओबीबाट सशस्त्र प्रहरी नायब निरीक्षक जितेन्द्र साहको कमान्डमा ६ जना र इप्रका लक्ष्मीनियाबाट सिकेन्द्र साहको कमान्डमा १३ जनाको टोली खटिई धान काट्ने ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाको हिरासतमा राखिएको तथा ट्र्याक्टर घटनास्थलमै नेपाल प्रहरीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका एसपी विक्रम हुमागाईंले जानकारी दिएका छन्।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ। नेपाल प्रहरीको इप्रका चन्द्रपुर, गरुडा, कटहरियाबाट समेत प्रहरी परिचालन गरेर अवस्था साम्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। ट्र्याक्टर चालक र ट्र्याक्टर दुवै प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस