काठमाडौ–राष्ट्रपति रामवरण यादवले छठ पर्वको अवसरमा शुभकामना दिएका छन्। राष्ट्रपतिले शुभकामना सन्देश दिँदै नेपालका विभिन्न जात जातिको विभिन्न पर्वहरुनै समग्र नेपालको सांस्कृतिक पहिचान बनेको बताएका छन्।'यस्ता पर्वहरुले विभिन्न जात, धर्म तथा सम्प्रदायवीच आपसी मेलमिलाप र भाइचारा बृद्धि गर्दै धार्मिक सहिष्णुता र समाजिक एकता मजवुत पार्न सहयोग गर्छ' आफ्नो शुभकामना सन्देशमा भनेका छन्। राष्ट्रपति यादवले राष्ट्रिय रुपमा मनाइने छठ पर्व सांस्कृतिरुपमा नेपालको परिचय बन्न सकोस् भन्ने शुभकामना सन्देशमा उल्लखे गरेका छन्।
नेपालको तराइ क्षेत्रमा मनाइने यो पर्वमा सूर्य र छठ माताको पुजा गरिन्छ। छठको विधिअनुसार चुतर्दशीका दिन नहा खा, पञ्चमीको दिन खर्ना, षष्टीको दिन साँझको घाट र सप्तमीका दिन बिहानको घाट गरी पारन गर्ने चलन रहेको छ।