दसैंमा बढ्छन् बिरामी
२४ असोज २०७०
•
१० मिनेट पाठ
दसैंमा बढ्छन् बिरामी
काठमाडौं- वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. भुपेन्द्रकुमार बस्नेतलाई अरू बेलाभन्दा दसैंमा कामको चाप बढी हुन्छ। खानपिनमा ध्यान नदिएर बिरामी परेकाहरूले सोधपुछ गर्न तारन्तार फोन गरिरहन्छन्। अस्पतालमा पनि बिरामीको चाप बढेर बोलावट आइरहन्छ। यसमा जथाभावी खानपिनले रोग बल्भि्कएर आएका बिरामी एकथरि हुन्छन् भने अत्यधिक मदिरासेवनले दुर्घटना परेर आउनेहरू अर्काथरि हुन्छन्।'दसैं त हो नि भनेर खानपिनमा हेलचेक्र्याइँ गर्छन्, अनि कि त रोग लागेर, कि दुर्घटना परेर फœयाकफœयाक गर्दै अस्पताल आउँछन्,' उनी भन्छन्, 'कतिचोटि त आफन्तहरूसँग भेटघाट गर्दै बसिरहेका बेला अस्पताल दौडिनुपर्छ।'
बस्नेतका अनुसार चाडबाडको मौसममा मुटुरोग र मधुमेहका बिरामी धेरै आउँछन्। पेटजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढ्छ। नियमित मुख बार्नुपर्ने यस्ता बिरामीले चाडबाडको निहुँमा फुक्काफाल भएर ठूलो मुख गर्दा अस्पतालको बास निम्त्याउने गरेका छन्। र, आफू मात्र होइन, परिवारको निम्ति पनि दुःख बिसाइदिने गरेका छन्।
'चाडबाड बेला खानपिनमा ध्यान नदिँदा स्वस्थ मान्छे बिरामी पर्ने त छँदैछ, पहिल्यै रोग लागेकाहरू झन् जटिल समस्या बोकेर अस्पताल आइपुग्छन्,' डा. बस्नेत भन्छन्।
धेरै डाक्टरको अनुभव यस्तै छ।
दसैं भेटघाट, टीकाटालो र खानपिनको पर्व हो। खासगरी मासु खाने पर्वका रूपमा लिइन्छ यो चाडलाई। मदिरासेवन उत्तिकै हुन्छ। शाकाहारी पनि मन फुकाएरै मिठाइ खाइदिन्छन्। यी सबै त्यस्ता खानेकुरा हुन्, जसको अत्यधिक सेवन रोगको घर हो। जथाभावी मदिरा सेवनले दुर्घटनामा परेर आउनेहरूको संख्या पनि बढी हुने वीरका डाक्टरहरू बताउँछन्।
डाक्टरहरूका अनुसार अस्वस्थ र राम्ररी नपकाइएको मासुले रोग ओसार्छ। त्यसमा पनि छालासहितको र का“चो मासुबाट बनाइने परिकार त खानै नहुने उनीहरूको सल्लाह छ। वीरकै वरिष्ठ फिजिसियन डा. ध्रुवप्रसाद सिंहका अनुसार पशुपन्छीका छालामा 'फोहोरका अवशेष' र काँचो मासुमा ब्याक्टेरिया संक्रमणको जोखिम धेरै हुन्छ। रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग मात्र होइन, जनावरलाई लागेको रोगसमेत सर्ने सम्भावना भएको उनी बताउँछन्। 
उनका अनुसार बजारमा पाइने अस्वस्थकर मासुका कारण टाइफाइड, झाडापखाला, आउँ, पेट फुल्ने, मिर्गौला रोग, फुड पोइजनिङलगायत बिरामी बढ्ने गरेका छन्। 
दसैंमा एकैपटक धेरै मासु काटेर लगातार चार–पाँच दिन खाइरहने चलन पनि छ। डिपफ्रिजमा राम्ररी चिस्याइएको छैन भने त्यस्तो बासी मासुले पनि स्वास्थ्यमा अनेक समस्या ल्याउने डा. सिंह बताउँछन्। 'धेरै दिन सुकाएर राखेको, सुकुटी बनाएको र धेरै तेल–मसला हालेको मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ,' उनी भन्छन्।
काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभाग प्रमुख डा. बाबुराम गौतमका अनुसार बजारबाट खरिद गरी ल्याएको माछामासु फ्रिजमा राखेको खण्डमा हानिकारक जीवाणुको वृद्धि घट्छ। सम्भव भएसम्म १२ घन्टा, नभए कम्तीमा १ घन्टा फ्रिजमा राखेर मात्र पकाए धेरै रोगबाट बच्न सकिने उनको सल्लाह छ। का“चो मासुमा हुने ब्यक्टेरियाले सोझै पाचनप्रणालीमा असर पार्ने हुँदा चाडबाडमा बिरामी संख्या बढ्ने गरेको पनि उनी स्विकार गर्छन्। 
काँचो मासुलाई मसलाले मोलेर बनाइने 'कचिला' नेवार परम्परामा निकै लोकप्रिय छ। मसलाले सोझै मासु पकाउँछ पनि भनिन्छ। तर, राम्ररी नमोल्दा वा अत्यधिक रूपमा काँचो मासु खाँदा पेटको रोग बढ्ने गरेको डाक्टरहरू बताउँछन्। 'धेरै चिल्लो हालेर पकाइएको मासु बढी खानाले मुटु र रक्तचापमा समस्या ल्याउँछ,' गौतम भन्छन्।
नक्कली मदिराले डुबाउला
दसैंको बेला मासुसँगै अत्यधिक खपत हुने मदिरा हो। मासुसँग रक्सी खाने चलन छ, जसलाई डाक्टरहरू सबभन्दा हानिकारक मान्छन्। यी दुवै कोलस्ट्रोल बढाउने कारक हुन्। स्वास्थ्यको ख्याल राख्ने हो भने गाँजर, मूला, काँक्रो, काजु, बदामसँग रक्सी खाँदा राम्रो भन्ने डाक्टरहरूको सल्लाह छ।
रक्सी खानेहरूको निम्ति चाडबाडमा हुने नक्कली मदिराको बिगबिगी अर्को ठूलो समस्या हो। राम्रो ब्रान्डको रक्सीमा कमसल मिसाउनेमात्र होइन, स्पि्रटजस्ता हानिकारक पदार्थ पनि मिसाउने गरेको पाइएको छ। यस्ता रक्सी सेवनले ज्यानै गएका उदाहरण छन्। दुई साताअघि मात्र राजधानीको नयाँबानेश्वरमा नक्कली मदिरा सेवनले तीनजनाको ज्यान गएको थियो। दसैंको मौका छोपेर बजारमा नक्कली मदिराको बिक्री बढी हुने प्रहरी बताउँछन्।
बढी रक्सी सेवन गर्दा पनि शरीरका अंग असन्तुलित भई गम्भीर समस्या उत्पन्न हुने गरेको डाक्टरहरूको भनाइ छ। डा. सिंहका अनुसार अत्यधिक मदिरासेवनका कारण मुटु, मिर्गौला, कलेजो, मधुमेह, युरिक एसिड, बाथ, मस्तिष्क र आँखाका बिरामी चाडबाडमा बढी आउने गरेका छन्। 
'दसैं त हो नि भनेर अरू बेलाभन्दा बढी पिइदिन्छन्,' उनले भने, 'पहिल्यै रोग लागेकाहरूमा समस्या झन् बल्झन्छ, रोगको लक्षण देखिने अवस्थामा पुगेकाहरूलाई एकैचोटि अस्पताल भर्ना गर्नुपर्ने हुन्छ।'
हातगोडा भाँचिने बढ्छन्
दसैंमा हातगोडा भाँचिएर अस्पताल पुग्नेहरू पनि धेरै हुने डाक्टरहरू बताउँछन्। हाडजोनी विशेषज्ञ डा. दीपक श्रेष्ठका अनुसार पिङ खेल्दा र चंगा उडाउँदा सामान्य हेलचेक्र्याइँका कारण दुर्घटना परेर अस्पताल पुग्नेको संख्या बढी हुने गरेको छ। 
'मदिराकै कारण दुर्घटना परेर आउनेहरू पनि प्रशस्तै हुन्छन्,' उनले भने, 'यस्तोमा धेरै चोटपटक लाग्ने हड्डीमै हो, कतिपय चोटले मानिसलाई मृत्यु वा जीवनभर ओछ्यानमा पनि पार्न सक्छ।'
लगातार जुवातास खेल्न बस्दा ढाड, घुँडा, गर्दन र हड्डीका अन्य समस्यासमेत देखिने गरेको छ। 'लामो समय तास खेल्न बस्नेहरूमा जोर्नीको समस्या बढी देखिने गरेको छ,' उनले भने, 'विगत वर्षमा हामीले यस्ता समस्या धेरै हेर्दै आएका छौं।'
मानसिक समस्या पनि
शारीरिक मात्र होइन, दसैंका बेला मानसिक समस्या पनि हुने चिकित्सकहरू बताउँछन्। वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार निद्रा बिगारेर रातभरि जुवातास खेल्दा मानसिक तनाव बढ्न जान्छ। 'जुवातासमा बस्ने बानीले जसरी पनि जित्नैपर्छ भन्ने तनाव थप्छ,' उनले भने, 'रातभरि नसुत्दा अर्को दिनभरि दिमाग ताजा हुन पाउँदैन। दुई–तीन दिन यही अवस्था भए निद्राको चक्र नै खल्बलिन्छ र अनेक शारीरिक समस्या देखिन थाल्छ।'
निद्राको चक्र खल्बलिएपछि मानिसमा रिसाउने, चिडचिडापन बढ्ने र झर्किने समस्या देखिने उनले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस