वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय प्रहरी नियन्त्रणमा
२२ असोज २०७०
•
७ मिनेट पाठ
वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय प्रहरी नियन्त्रणमा
काठमाडौं—वैदेशिक रोजगार व्यवसायी संघको कार्यालयलय प्रहरीले नियन्त्रणमा लिएको छ। विवादित दुवै पक्षका अध्यक्ष हंसराज वाग्ले र बलबहादुर तामाङ लाजिम्पाट स्थित तेज भवनमा पुगेपछि सम्भावित झडप रोक्न इन्स्पेक्टरको कमान्डमा प्रहरी परिचालन गरिएको हो।तामाङ पक्षले संघले आज १०:४५ बजे पत्रकार सम्मेलन गर्ने भन्दै सूचना जारी गरेका थियो। तर वाग्ले पक्षधरले सो सूचना संघको आधिकारिक नभएको भन्दै विरोधमा उत्रिएपछि झडपको सम्भावना बढेको थियो।




'सो सूचना संघको आधिकारिक सूचना नभएको र पत्रकार सम्मेलनको कुनै औपचारिक कार्यक्रम नराखिएको जानकारी गारइन्छ', महासचिव कमल तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

कार्यालयमा दुई दर्जनभन्दा बढी प्रहरीले सुरक्षा दिइरहेका छन्। वैदेशिक रोजगार व्यवसायी संघको असन्तुष्ट पक्षले सोमबार निर्वाचन गरी नयाँ कार्यसमिति घोषणा गरेको थियो। निर्वाचनमा कांग्रेस निकट रोजगार व्यवसायी हंशराज वाग्ले अध्यक्षमा निर्विरोध निर्वाचित भएको थिए।

यसअघि एमाले निकट अध्यक्ष बलबहादुर तामाङले व्यवसायीविरुद्ध बोलेको आरोप लगाउँदै असन्तुष्ट पक्षले ४ महिनाअघि अविश्वासको प्रस्ताव ल्याउँदै गत ११ गते तामाङलाई हटाएको दाबी गरेका थिए। अध्यक्षबाट तामाङलाई हटाएर पूर्वअध्यक्ष सोमलाल बाटाजुको संयोजकत्वमा नयाँ समिति चयन भएको असन्तुष्टको दाबी छ।

बाटाजुकै संयोजकत्वमा सोमबार निर्वाचन भएको हो। अहिले निर्वाचित वाग्ले डेढ वर्षअघि तामाङसँग निर्वाचनमा पराजित भएका थिए।

संघको प्रथम उपाध्यक्षमा ज्ञानप्रसाद गैरे, द्वितीय उपाध्यक्षमा कुमुद खनाल, तृतीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, महासचिवमा कमल तामाङ, सचिवमा विनोदजंग केसी, कोषाध्यक्षमा शारदा न्यौपाने, र सदस्यहरुमा चिरमणि पौडेल, यमुण्डा गिरी, माधुरी पौडेल, दुर्गाबहादुर लिम्बु, टेकराज ज्ञवाली, दिपक सिञ्जाली, यादव लामिछाने, रामराजा अधिकारी, राजेशशंकर बिक र मोहनकुमार दुंगेल निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको दाबी छ । ७ सय ५८ जना सदस्य रहेको संघमा सोमबार ३ सयजनाको उपस्थितिमा निर्वाचन गरिएको थियो ।

पटकपटक व्यवसायीका हकहितमा बोल्न र सहयोग गर्न आग्रह गर्दा उल्टै व्यवसायीविरुद्ध बोल्दै हिँड्न थालेपछि तामाङलाई हटाएर निर्वाचन गरेको वाग्लेले बताए । 'अब नयाँ कार्यसमितिले व्यवसायीका समस्याको गहन अध्ययन गरेर अघि बढ्छ,' उनले भने । व्यवसायीले सरकारसामु राखेका १८ बुँदे माग कार्यान्वयनमा ल्याउन पहल गर्ने वाग्लेको भनाइ छ।

संघका अध्यक्ष तामाङले निर्वाचनलाई जनयुद्धमा विद्रोहीले घोषणा गरेको जनसरकार जस्तै भएको बताएका छन् । 'त्यतिखेर सरकार वैधानिक रुपमा चल्दा विद्रोहीले जनसरकार बनाएका थिए । यो निर्वाचन र कार्यसमिति पनि त्यस्तै हो,' उनले भने । 'यो कामले झन द्वन्द्व निम्ताएको छ, अब संघ कि फुट्छ कि द्वन्द्व हुन्छ,' उनले भने ।

असन्तुष्ट पक्षले संघको कार्यालय तेजभवनमा निर्वाचन गरेको थियो । तर तामाङले आफू मंगलबारबाटै संघमा जाने बताए । 'कसैले एक दिन अध्यक्ष हुन्छु भन्छ भने होस् तर वैधानिक कार्यसमिति भंग गर्ने वैधानिक बाटो चाहिन्छ,' उनले भने ।

असन्तुष्ट पक्षले अविश्वास प्रस्ताव बहुमत सदस्यले दर्ता गरेको र अध्यक्षले विशेष साधारण सभा पनि नबोलाएकोले जिल्ला प्रसासनको पत्रमार्फत आफूहरुले नयाँ समितिमार्फत निर्वाचन गरेको जनाएको छ । पूर्वअध्यक्षसमेत रहेका सोमलाल बाटाजुले भने, 'पहिले २ सय ९३ जनाले विशेष साधारण सभा माग गर्दा भएन त्यसपछि व्यवसायीकै विरोधमा बोल्न थालेपछि बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरी हटाएको हो ।'

अविश्वासको प्रस्ताव दर्ता गर्नेमा वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष विमल ढकालसहित पूर्वअध्यक्ष बाटाजु, तिलक रानाभाट र प्रेम कटवाललगायत थिए ।

चार महिनाअघि अध्यक्ष तामाङले व्यवसायीविरुद्ध काम गरेको भन्दै प्रथम उपाध्यक्षसहित ११ जना कार्यसमिति सदस्यले राजीनामा दिएका थिए । फोरमले अध्यक्ष तामाङविरुद्ध संघमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर संघले नक्कली हस्ताक्षर रहेको भन्दै छानबिन गरिरहेको छ । असन्तुष्टले गत कात्तिकमा समेत अध्यक्षको राजीनामा र विशेष साधारण सभा मागेका थिए थिए । तामाङले कसैले पनि प्रमाणित नगरेको हस्ताक्षरलाई मानेर अघि बढेको भन्दै असन्तुष्टको कदम अवैधानिक रहेको बताएका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस