काठमाडौं — चार वर्षअघि निर्माण सम्पन्न भएर पनि सञ्चालन नगरिएको इमर्जेन्सी तथा ट्रमा सेन्टर कसको स्वामित्वमा रहने भन्ने विषयमा स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच विवाद चर्केको छ । न्याम्सले स्वामित्व दाबी गर्दै मन्त्रालयविरुद्घ रिट दायर गरेपछि सञ्चालनको टुंगो अनिश्चयको भूमरीमा परेको हो।एक वर्षअघि सरकारले ट्रमालाई मन्त्रालय मातहत ल्याउने निर्णय गरी गत साउनमा विकास समिति गठन आदेश जारी गरेको थियो । यो अवस्थामा न्याम्सबाट ट्रमा छुट्याउने निर्णयविरूद्ध प्रतिष्ठानले संस्थागत रूपमै मन्त्रालयविरुद्ध रिट दायर गरेपछि विवाद बढेको हो ।
प्रतिष्ठान कार्यकारी परिषदले संस्थागत निर्णय गरेर सरकारविरुद्ध केही दिनअघि रिट दायर गरेको छ । मन्त्रालयअन्तर्गत लगेको १७ महिना भइसक्दा पनि निर्देशक नियुक्तिबाहेक कुनै काम हुन नसकेपछि प्रतिष्ठान पछिल्लो पटक मन्त्रालयविरुद्ध कानुनी लडाइँमै उत्रेको छ ।
प्रतिष्ठान स्वायत्त संस्था भएको, भवनसमेत प्रतिष्ठानको जग्गामा बनेको र निर्माणसम्बन्धी सबै प्रक्रिया न्याम्सकै नेतृत्वमा भएकाले सेन्टर न्याम्स अन्तर्गत हुनुपर्ने दाबी अधिकारीहरुले गरेका छन् । न्याम्स अन्तर्गत नभए ट्रमाका लागि आवश्यक पर्ने बहुविशेषज्ञ जनशक्ति नदिने अडान प्रतिष्ठानको छ । ट्रमाका लागि आवश्यक अनुभवी विशेषज्ञका लागि वीरसँग जोडिनुपर्ने बाध्यता छ । तर प्रतिष्ठानले सेन्टर नै आफू अन्तर्गत भएमात्र त्यस्तो सहयोग दिने अडान लिएको छ ।
स्वायत्त संस्था न्याम्समा हाल प्रतिष्ठान र सरकारी गरी दुईथरि चिकित्सक भएपछि सरकारी चिकित्सकको सरुवा गर्नसमेत न्याम्सको सहमति चाहिन्छ । मन्त्रालयले न्याम्सलाई नदिने र आफूले नपाएसम्म सेन्टर चल्न नसघाउने न्याम्स अधिकारीको अडानका कारण प्रक्रिया अवरुद्ध छ । सञ्चालनका लागि जिम्मेवारी पाएका कार्यकारी निर्देशक डा.अशोक बज्राचार्यलगायत केही प्रशासनिक कर्मचारी हाजिर गरेको भरमा तबल खाएर दिन कटाइरहेका छन् ।
लामो समयदेखि मन्त्रालय र न्याम्स द्वन्द्वका कारण ट्रमा सेन्टर नेपाल सरकार अन्तर्गत हस्तान्तरण लिएर सञ्चालनका लागि ठोस काम हुनसकेको छैन । चार वर्षअघि निर्माण सकिएको आठतले भवनमा गरिएको रङरोगन उप्किसकेको छ । लामो सयमदेखि ल्याएर थन्क्याइएको फर्निचरमा धुलोधमिरा लागिसकेको छ ।
कतिपय उपकरण ल्याइसके पनि सिटी इक्यान लगायत महत्वपूर्ण उपकरण भने सञ्चालनमा आउने मिति तय भएपछि मात्र जडान गर्ने भारतीय पक्षले जनाएको छ । सेन्टरका लागि आवश्यक पर्ने जनशक्ति लगायतको तयारी नगरेको भन्दै भारतीय पक्षले भवननिर्माण सकेर पनि हस्तान्तरण गर्न मानेको छैन । सेन्टरलाई न्याम्स अन्तर्गत ल्याई हन्तान्तरणको जिम्मेवारी दिए २४ घन्टाभित्रै ट्रमा सञ्चालन गरेर देखाउन सक्ने दाबी रिटमा छ ।
न्याम्सले सञ्चालनका लागि सेवा अयोग गठन गरी कर्मचारी नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी गरिरहँदा मन्त्रिपरिषदले ०६९ वैशाख २१ गते न्याम्सको सहमतिबिनै मन्त्रालय मातहत लाने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिपरिषदले ट्रमा सेन्टर विकास समिति गठन आदेश गत साउन २८ मा जारी गरेको थियो ।
सो निर्णयपछि ट्रमा सञ्चालनबारे विवाद सतहमा आएको थियो । न्याम्सलाई पेलेरै ट्रमा सञ्चालनमा ल्याउने अडानमा देखिएको मन्त्रालयलाई वीरका विशेषज्ञ चिकित्सक नै नपाउने अवस्था सृजनापछि ठेस पुगेको थियो ।
विवादको मूल कारण ट्रमाका लागि चाहिने ५७५ कर्मचारी नियुक्ति प्रक्रियामा चलखेल र अर्बौंको उपकरण खरिदमा आउने 'कमिसन'का लागि दुवै संस्थाको अधिकारी लड्दा यस्तो अवस्था आएको जानकारहरु बताउँछन् । कस्तो उपकरण खरिद गर्ने भन्ने कुरामा नेपाली र भारतीय दूतावास कर्मचारीको मोहमा मेल नहुँदा ट्रमा चल्ने संकेत देखिएको छैन । सेन्टरका लागि एकदेखि डेढ अर्बको उपकरण खरिद गर्नुपर्नेछ ।
तत्कालीन स्वास्थ्य मन्त्री राजेन्द्र महतो, सचिव डा.प्रवीण मिश्र र ट्रमा सेन्टर निर्देशक डा.अशोक बज्राचार्यको मिलेमतो अवैज्ञानिक रुपमा ट्रमालाई न्याम्सबाट छुट्याउने निर्णय भएको मन्त्रालय उच्च स्रोतको भनाइ छ । हालका मन्त्री विद्याधर मल्लिक ट्रमा न्याम्स अन्तर्गत नै होस् भन्ने पक्षमा देखिएपछि डा.मिश्र र डा.बज्राचार्य मन्त्रालय अन्तर्गत नै हुनुपर्ने अडानमा रहेकाले समस्या झन् जटिल बन्दै गएको छ ।