उदयपुर- बरुवा खोलामा एक महिलाको बेवारिसे शव फेला परेको छ। त्रियुगा नगरपालिका १ र ४ को बीच खोला किनारमा अन्दाजी ३४/३५ वर्षीया महिलाको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक अजय भट्टराईले बताए।
एसपी भट्टराईका अनुसार बरुवामा आएको बाढीले छेउ निकालेको अवस्थामा फेला परेको सो शव रातो बुट्टे् कुर्ता सुरवाल लगाएको र नाकमा फुली लगाएको अवस्थामा भेटिएको हो। शव बगाएर छेउ लगाएको स्थानीयले खबर गरेलगत्तै एसपी भट्टराई नेतृत्वको टोलीले घट्नास्थल पुगेर सर्जमिन मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ।
सोमबार बिहानदेखि नै बरुवाको शिर मानिने रौता र पोखरी गाविस क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यतैकी महिलालाई बाढीले बगाएर मृत्यु भएको अनुमान प्रहरीको छ। हालसम्म शवको सनाखत हुन नसकेको उनले बताए।