गोरखा -कासिगाउँकी कृष्टिना गुरुङले एक महिना सदरमुकामको होटलमा बसेर साउन २६ गते गोरखा अस्पतालमा छोरी जन्माइन्। उनको गाउँमा 'बर्थिङ सेन्टर' छैन। कासिगाउँ नजिक पर्ने गुम्दाको बर्थिङ सेन्टरमा पनि प्रभावकारी सेवा नभएकाले जिल्ला अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिन उनी होटलमै बस्न विवश भइन्। 'होटलमा बस्दा ६० हजारभन्दा बढी खर्च भयो। गाउँमै यो सेवा पाएको भए एक/दुई हजारको औषधीले हुन्थ्यो,' उनले भनिन्।दुई साता यहीँको होटलमा बसेकी बारपाक–२, मान्द्रेकी लालुमाया गुरुङले पनि मंगलबार शल्यक्रियाबाट छोरी जन्माइन्। उनले अझै दुई साता सदरमुकाममै आराम गर्नुपर्छ। बारपाकको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नभएकाले बच्चा जन्माउन सदरमुकाम आउनुपरेको उनले बताइन्।
कृष्टिना र लालुमाया मात्र होइन, स्वास्थ्य चौकीको भरोसा नलागेर गोरखाका विभिन्न गाउँबाट मासिक दर्जनौं महिला प्रसूतिका लागि सदरमुकाम आउँछन् र होटलमा बस्छन्। मासिक सयजना सुत्केरी हुने गरेकामा ३० जनाजति होटलमा बस्ने गरेको गोरखा अस्पतालले जनाएको छ। छेकम्पारकी नेङ्वाङ लामा, मान्बुकी शान्ति गुरुङ पनि सुरक्षित सुत्केरी हुन महिनादिन सदरमुकामका होटलमा बसेका थिए।
गाउँका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार जनशक्ति नहुँदा स्थानीय महिला प्रसूति सेवाका लागि सदरमुकाम धाउन बाध्य भएको कृष्टिनाका पति सोहन गुरुङले बताए।
'गाउँमा सुत्केरी गराउन डर लाग्यो,' उनले भने, 'दक्ष स्वास्थ्यकर्मी नभएकाले समस्या पो आउँछ कि भनेर श्रीमतीलाई महिना दिनसम्म होटलमा राखेर जिल्ला अस्पतालमै प्रसूति गराएँ।'
जिल्ला अस्पतालमा जचाएर गाउँ फर्कन असजिलो हुने भएकाले सदरमुकाममै बस्नुको विकल्प नभएको सेवाग्राही बताउँछन्। गाउँबाट सेवा लिन आउने कतिपय गर्भवती महिला सदरमुकाममा आफन्तकहाँ पनि बस्ने गरेका छन्।
बर्खामा गाउँका कच्ची सडकमा गाडी नचल्ने हुँदा बच्चा जन्मिने मिति नजिकिँदै जाँदा अधिकांश होटलमा बस्नुपर्ने बाध्यता छ। श्रीमान, परिवारको एकजना महिला सदस्य र गर्भवती गरी तीनजना होटलमा बस्नुपर्ने भएकाले खर्च बढ्ने सोहनको भनाइ छ।
बच्चा जन्माएलगत्तै सुत्केरीलाई हिँडाएर घर लैजान नमिल्ने भएकाले त्यसपछि दुई/तीन साता होटलमै राख्नुपर्ने मान्बुकी शान्ति गुरुङले बताइन्।
सीमित शैया भएकाले सुत्केरी हुन आएका बिरामीलाई सात दिनदेखि भर्ना गरेर राख्न नमिल्ने जिल्ला अस्पतालले जनाएको छ। पचास शैयाको स्वीकृति पाए पनि सरकारले अस्पतालमा सेवासुविधा, दरबन्दीका चिकित्सक र शैया थप्न चासो दिएको छैन।
विकास समितिको पहलमा आन्तरिक स्रोतबाट शैया थपिए पनि सुत्केरी हुन आउने महिलालाई लामो समय भर्ना गरेर राख्न सक्ने अवस्था नरहेको अस्पताल प्रमुख डा. केशवराज भुर्तेलले बताए। 'सुत्केरी गराउन आउनेको चाप बढेको छ,' उनले भने, 'लामो समय अस्पतालमै राख्न सक्दैनौं, स्वास्थ्य अवस्था हेरेर एक/दुई दिन मात्र राखिन्छ।'
हरेक महिना जिल्ला अस्पतालमा प्रसूति गराउन आउने महिलाको संख्या बढ्दै गएको छ। साउनमा १ सय २० जना महिला अस्पतालमा सुत्केरी भएकामा १२ जनाको शल्यक्रिया गरिएको थियो।
स्वास्थ्यलाई सरकारले आधारभूत अधिकारअन्तर्गत राखे पनि गाउँमा स्वास्थ्यकर्मी नबस्दा सडकसँग नजोडिएका उत्तरी गोरखाका कासिगाउँ, वारपाकलगायत गाविसका सर्वसाधारणले सेवा पाउन सकेका छैनन्।
कतिपय गाविस पुग्न सदरमुकामबाट सात दिन हिँड्नुपर्छ । गोरखाका जौबारी, पालुङटार, आरुघाट, घ्याम्पेसाल लगायत २२ ठाउँमा बर्थिङ सेन्टर भए पनि दक्ष स्वास्थ्यकर्मी नहुँदा उपचार प्रभावकारी छैन। गाउँका बर्थिङ सेन्टरले जोखिम मोलेर सेवा दिन नसक्ने भएकाले स्थानीय महिला सदरमुकाम अस्पताल आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख विश्वराम श्रेष्ठले बताए।