विद्युत् सर्ट भएर आगलागी हुँदा खोटाङको केपिलासगढी गाउँपालिकामा साढे सात लाख बराबरको धनमाल क्षति भएको छ। शुक्रबार दिउँसो विद्युत् भएर आगलागी हुँदा केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका थामबहादुर राईको घर जलेको हो। राईको घर तथा घरमा भएका अन्न, भाँडाकुँडा, काठ लगायत जल्दा अन्दाजी ७ लाख ५० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ।
आगलागीमा राईको १३ मुरी धान, ३ मुरी कोदो, ५ मुरी मकै, २ बोरा चामल, भाँडाकुँडा लगायत जलेर नष्ट भएको छ। यस्तै, घर बनाउनका लागि राखेको १ लाख ३० हजार बराबरको काठ जलेको प्रहरीले जनाएको छ। आगलागीको जानकारी भए लगत्तै वडाध्यक्ष खगेन्द्र गुरुङ, ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायव निरीक्षक रामबहादुर मगर लगायत घट्नास्थल पुगेका थिए। राईको घरमा राखिएको सयपत्री आमा समूहको मारुनी नाच समूहको १०१ वटा थाल, आरी, किट्ली लगायतका मालसामान जलेको स्थानीय प्रताप राईले जानकारी दिए।