रामशरण आचार्य, गोरखा असोज ५- समयमै सरकारको ध्यान नपुग्दा गोरखाको उत्तरी हिमाली गाउँका बासिन्दाले दसैँमा समेत अन्नको मुख देख्न नपाउने भएका छन्। केही वर्षअघिदेखि नै सो क्षेत्रका बासिन्दालाई चरम खाद्यान्न सङ्कटले पिरोल्दै आए पनि बेवास्ता गरिँदा यो स्थिति आएको हो।
जिल्लाको सिर्दिबास र माछिखोला खाद्य डिपोमा खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएको नेपाल खाद्य संस्थानले चामल ढुवानी नियमित गर्न नसक्दा त्यस क्षेत्रका चुन्चेत, बिही, प्रोक, ल्हो, छेकम्पार, सामागाउँ र सिर्दिबास गाविसमा अहिले खाद्यान्न सङ्कट परेको हो।
दसैँअघि ती डिपोमध्ये सिर्दिवासमा ६०० क्विन्टल र माछिखोला डिपोमा ५०० क्विन्टल चामल ढुवानी हुनुपर्ने थियो तर खाद्य संस्थानको लापरबाहीका कारण तोकिएको कोटाको चामल यस वर्ष होइन, गत वर्ष पनि ती डिपोमा पुग्न सकेन। जसले गर्दा ती क्षेत्रका जनताले यस वर्षको सुरुदेखि नै अन्न सङ्कट भोग्न बाध्य हुनुपर्यो।
विगतमा ती क्षेत्रका खाद्य डिपोबाट माओवादीले चामल लुट्ने र समयमा खाद्यान्न ढुवानी गर्न नसकिएको बताउने गरेको संस्थानले सरकार-माओवादी द्वन्द्व शान्ति सम्झौतामा रुपान्तरण भइसकेको र माओवादी आफैँ सरकारको नेतृत्वमा पुगेको बेलामा पनि उक्त क्षेत्रका सात गाविसमा सरकारी कोटाका चामल लगेको छैन।
वर्तमान सरकारले पनि सरकारी अनुदानको चामल दिन नसक्दा त्यस क्षेत्रका जनतालाई दसैँमा अक्षताका लागि पनि चामल पाउन कठिनाइ परेको हो।
एक वर्षअघि सम्पन्न ओलम्पिक खेलको सुरक्षाको कारण देखाई खेल सुरु हुनुभन्दा १० महिनादेखि चीनले उत्तरी गोरखा र चीनको स्वशासित क्षेत्र तिब्बत आवत्-जावत् गर्ने नाका बन्द गरेको र करिब दुई वर्ष लामो बन्द नाका चीनले अझै नखोलिदिएका कारण पनि उक्त क्षेत्रमा खाद्यान्न सङ्कटको मार थपिएको हो।
चामल अभाव र भोकमरीको मार खेपी आलुको मात्र भरमा दसैँअघि कष्टकर जीवनयापन बिताएका उत्तरी गोरखाका जनताले दसैँको मुखमा पनि अन्नको मुख देख्न नपाउने भएपछि खिन्नता व्यक्त गरेका छन्।
फलस्वरुप, उत्तरी गोरखाका जनताले यस वर्ष पनि विगत एक दशक लामो द्वन्द्व कालदेखि दसैँको समयमा भोग्दै आउने गरेको खाद्यान्न समस्या २२ दलीय गणतान्त्रिक गठबन्धन सरकारको शान्तिकालमा पनि भोग्न बाध्य हुने भएका छन्। रासस