सात पत्रकारलाई तुवाचुङ साप्ताहिक पुरस्कार
०५ चैत्र २०७७
•
३ मिनेट पाठ
सात पत्रकारलाई तुवाचुङ साप्ताहिक पुरस्कार
तुवाचुङ साप्ताहिकको बार्षिकोत्सवको अवशरमा प्रमुख अतिथि मेयर इवन राई लगायत । तस्बिर : दमन राई/नागरिक
खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । तुवाचुङ साप्ताहिकले दोश्रो बार्षिकोत्सवको अवशरमा १५ हजार राशीको तुवाचुङ युवा उद्यमी पुरस्कारबाट एक जना युवा उद्यमीलाई र १५/१५ हजार राशीकै तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कारबाट जिल्लामा कार्यरत सात जना पत्रकारलाई पुरस्कृत प्रदान गरेको हो ।  




तुवाचुङ साप्ताहिकले नेपाल टेलिभिजनका संवाददाता रामधन राईलाई स्वर्गीय इन्द्रसेर राई/गउनसरी राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, नेपालवाईड डटकमका सम्पादक सूर्य तामाङलाई स्वर्गीय मेघराज राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, एपीवान टेलिभिजनका संवाददाता चिसाङ शेर्पालाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पुरस्कार, दिया मिडिया प्रालिका कार्यकारी निर्देशक दीपक राईलाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, पत्रकार नविन चाम्लिङलाई तुवाचुङ मारातिका यातायात प्रालि तुवाचुङ साप्ताहिक साहसिक पत्रकारिता पुरस्कार, पत्रकार असल चरित्रलाई रुनिशा राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार र पत्रकार शिवकुमार राईलाई स्वर्गीय सिजन राई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका युवा व्यवसायी इन्द्र चाम्लिङलाई स्वर्गीय कृपष्णध्वज राई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कार प्रदान गरिएको छ । हलेसीस्थित होटल हलेसी भिलेजमा बुधबार आयोजित कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले युवा उद्यमी र पत्रकारलाई पुरस्कार प्रदान गरेका छन् । पुरस्कृत उद्यमी चाम्लिङ तृष्णा ऋण तथा बचत सहकारी लिमिटेडका अध्यक्ष हुन् । कार्यक्रममा जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्धा बनाउँदै प्रकाशित तुवाचुङ साप्ताहिकको नाममा पुरस्कार स्थापनार्थ योगदान पुर्‍याउने समाजसेवी डिल्ली चाम्लिङ, समीर राई, पदमकुमार राई, छात्रा रुनिशा राई र तुवाचुङ मारातिका यातायात प्रालिलाई तुवाचुङ साप्ताहिक सम्मान प्रदान गरिएको छ । पत्रिकाको दोश्रो बार्षिकोत्सवको अवसरमा गत साउन ४ गते प्रदान गर्ने घोषणा गरिएको पुरस्कार कोभिड–१९ को महामारीका कारण ७ महिनापछि वितरण गरिएको पत्रिकाका प्रकाशक एबं सम्पादक दिपेन्द्र राईले बताए ।  

ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ बाट प्रकाशन सुरु भएको तुवाचुङ साप्ताहिक आवाजविहीनको आवाज बन्ने नारा लिएर निरन्तर प्रकाशन हुँदै आएको छ । हलेसी तुवाचुङ नगरपालिकालाई प्राथमिकताको क्षेत्र बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिकले तुवाचुङ डटकम समेत सञ्चालन गर्दैआएको छ । तुवाचुङ साप्ताहिकले समाजमा भइरहेका बिकृति, बिसंगती र बेतिथिका बिरुद्ध शसक्त कलम चलाउँदै आएको छ । विशेषगरी भ्रष्टाचार र अनियमिताको नालीबेली सहित भण्डाफोर गर्नमा तुवाचुङ साप्ताहिकले जिल्लामा छुट्टै पहिचान स्थापित गरेको पाठकको प्रतिक्रिया छ ।  

२०७६ सालमा नागरिक दैनिकका पत्रकार दमन राई, कान्तीपुर टिभीका पत्रकार उत्तम चौंलागाई र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई तुवाचुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै, समाजसेवातर्फ समाजसेबी जनकराज राई, खेलकुदतर्फ सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राई र साहित्यतर्फ विक्रम चेतनशील राईलाई तुवाचुङ पुरस्कार प्रदान गरिएको थियो ।
अर्को समाचार
आठ पत्रकारसहित ११ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार
२५ वैशाख २०७८
•
२ मिनेट पाठ
आठ पत्रकारसहित ११ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार
खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले जिल्लाका ८ पत्रकारलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ गतेबाट प्रकाशन सुरु गरिएको तुवाचुङ साप्ताहिकले तेश्रो वार्षिकोत्सवको अवशरमा पत्रकार भीम राई, डम्बरसिं राई, दिलिप खत्री, हरिबोल आचार्य, टिवन राई, शर्मिला विश्वकर्मा, पवन चाम्लिङ राई र सुजन राईलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । 




तुवाचुङ साप्ताहिक सञ्चालक समितिको शुक्रबार बसेको ‘जुम मिटिङ’ले जनही १५ हजार राशीको तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार पाउने पत्रकारको टुंगो लगाएको हो । हरेक वर्ष जिल्लाका क्रियासिल पत्रकारलाई प्रदान गरिने पत्रकारिता पुरस्कार पत्रिकाको स्थापना दिवसको अवसर पारेर आगामी साउन ४ गते प्रदान गरिने तुवाचुङ साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक दीपेन्द्र राईले विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।  

जनपक्षीय र ग्रामीण पत्रकारितालाई मूल मुद्धा बनाउँदै आएको तुवाचुङ साप्ताहिकले यसवर्ष १५/१५ हजार राशीको तुवाचुङ साप्ताहिक भाषिक तथा साहित्यिक पुरस्कारबाट तिलक चाम्लिङ, तुवाचुङ साप्ताहिक शैक्षिक पुरस्कारबाट नवीन चाम्लिङ र तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कारबाट राकेश परियालाई पुरस्कृत गर्ने घोषणा गरेको छ । २०७७ सालमा पत्रकार दीपक राई, रामधन राई, सूर्य तामाङ, चिसाङ शेर्पा, नवीन चाम्लिङ राई, असल चरित्र र शिवकुमार राईलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार र इन्द्र चाम्लिङलाई तुवाचुङ साप्ताहिक युवा उद्यमी पुरस्कार प्रदान गरिएको थियो । यस्तै, २०७६ सालमा पत्रकार दमन राई, केदार मगर र उत्तम चौंलागाईंलाई तुवाचुङ साप्ताहिक पत्रकारिता पुरस्कार, जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कार, विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार र शेशुका राईलाई तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार प्रदान गरिएको थियो ।  

‘आवाजविहीनको आवाज’ बन्ने नारा लिएर हलेसी तुवाचुङ नगरपालिकालाई प्राथमिकताको क्षेत्र बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिकले तुवाचुङ डटकम अनलाईन सञ्चालन गर्दैआएको छ । तुवाचुङ साप्ताहिकले समाजमा भइरहेका बिकृति, बिसंगती र बेतिथिका बिरुद्ध शसक्त कलम चलाउँदै आएको छ । विशेषगरी भ्रष्टाचार र अनियमिताको नालीबेली सहित भण्डाफोर गर्नमा तुवाचुङ साप्ताहिकले जिल्लामा छुट्टै पहिचान स्थापित गरेको पाठकको प्रतिक्रिया छ ।
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस