रुकुम - जिल्लाको स्यालापाखामा भएको ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सदरमुकाम खलङ्गाबाट स्यालापाखाको सिस्नेरीतर्फ जाँदै गरेको ना४त ५१८० नम्बरको ट्र्याक्टर स्यालापाखा वडा नं २, झाँक्रीखोलामा पल्टिँदा चालक आठविसकोट गाविसका २२ वर्षीय विशाल आग्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी सहचालक स्यालापाखा गाविसका १५ वर्षीय राजु विक घाइते भएका छन्। टाउको र खुट्टामा चोट लागेका विकको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।
गएराति १ बजे भएको दुर्घटनाको कारणबारे केही खुलेको छैन। ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको थियो।
यसैगरी माछा मार्न सानीभेरीमा गएको बेला नदीले बगाउँदा रुकुमकै सिम्ली गाविसका–१ जना बेपत्ता भएका छन्।
सोमबार दिउँसो जाल हाल्न सानीभेरी पुगेका वडा नं ४ सहरेका ४२ वर्षीय कृपे रावत बेपत्ता भएका हुन्। जाल हाल्ने क्रममा सिम्ली–४ कै सहरे जिउलाबाट रावत बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्। बेपत्ता रावतको खोजी जारी राखिएको बताइएको छ।