बारा - बारामा एकै पटक चार जना माओवादी कार्यकर्ताको कारबाही गरी हत्या गरेका अभियोग लागेका सशस्त्र भूमिगत समूह तराई मुक्ति मोर्चाका प्लाटुन सैन्य कमाण्डर अग्नि भनिने सुनिल जयसवालको अवस्था अज्ञात रहेको छ।जयसवाललाई भारत बिहार राज्यको पूर्वी चम्पारणको आदापुरबाट भारतिय प्रहरी र अञ्चल प्रहरी कार्यालय वीरगंजले संयुक्त रुपमा शुक्रबार बिहान ३ बजे सुतिरहेको अवस्थामा पक्राउ गरेपनि प्रहरीले जयसवाललाई सार्वजनिक गर्न चाहेका छैनन्।
जयसवालका बुवा रामचन्द्र जयसवालले सोमबार वीरगंजमा पत्रकार सम्मेलन गरी छोराको अवस्था सार्वजनिक गर्न नारायणी अञ्चल प्रहरी कार्यालयसंग माग गरेका थिए।
जयसवालका श्रीमती रानी देवीले अञ्चल प्रहरी कार्यालय, वीरगंजले जयसवाललाई बेतिया प्रहरीको नियन्त्रणमा राखेको भने पनि त्यहाँ सोध्दा उनीहरुले पक्राउ परेको दिन नै नारायणी अञ्चल प्रहरी कार्यालय, पर्साको जिम्मा लगाइसकेकोले आफूसँग सुनील जयसवाल नरहेको भारत बिहार राज्यका प्रहरी अधिकारीहरुले जानकारी गराएको उनले बताइन्।
नारायणी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जयसवाल पक्राउ परे पनि आफूसँग नरहेको बताउँदै आएका छन्।
२०६६ साल पुस महिनामा जयसवालको नेतृत्वमा रहेका भूमिगत समूहले बाराको गञ्जभवानीपुरका तत्कालीन माओवादीका राज्य कमिटी सदस्य कन्हैया यादव , रामप्रकाश यादव,दारा यादव लगायतका गरी चार जनाको कारबाही गरी हत्या गरेका थिए। उक्त घटनाका जिम्मा अखिल तराई मुक्ति मोर्चाका प्रकाश समूहले लिएको थियो।
जयसवाललाई पक्राउ प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल बढी सक्रियता देखाएका थिए।
विगत लामो समय देखि नेपाल प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका सशस्त्र समूहका सुनिल जैसवाल माथि हत्या, रंगदारी, फिरौती जस्ता दर्जनौं केसहरु बारा प्रहरीमा परेका छन्।