काठमाडौं – रोमन म्यागासेसे अवार्ड फाउन्डेसनले नेपालको शक्ति समूहसहित दुई संस्था र तीन व्यक्तिलाई यो वर्षको म्यागासेसे अवार्ड दिने निर्णय गरेको छ। संस्थागतरुपमा नेपालले म्यागासेसे पाएको यो पहिलो पटक हो।आज बसेको फाउन्डेसन बोर्ड बैठकले महिला वेचविखनविरुद्ध सक्रिय रहेको संस्था शक्ति समूहलगायतलाई एसियाको नोबल पुरस्कार मानिने यो अवार्ड दिने निर्णय गरेको हो। म्यागासेसे अवार्ड फाउन्डेसनको आधिकारिक वेव साइटका अनुसार शक्ति समूहलाई मानव वेचविखनबाट बचेकाहरुको जीवन सुधारका लागि गरेको पहल, सामाजिक विकृति हटाउन गरेको अनवरत प्रयास र मानवीयताको रक्षाका लागि गरेको प्रयासका आधारमा नेपाली संस्थालाई पुरस्कृत गर्ने निर्णय गरिएको हो।
नेपालसँगै फिलिपिन्सका अर्नेस्टो डोमिङ्गो, म्यान्मारका लेवाइ सेङ र, अफगानिस्तानका हविव सरावीले पनि यो अवार्ड पाउने भएका छन्। इन्डोनेसियाको कोमिसी पेम्बर्नस्तान कोरुप्सी (भ्रष्ट्राचार निवारण आयोग)ले पनि यो अवार्ड पाएको छ।
शक्ति समूहले पुरस्कार घोषणा लगत्तै सबैलाई धन्यवाद दिएको छ। आफ्नो वेवमा पुरस्कार पाएको खुसी व्यक्त गर्दै समूहले लेखेको छ : 'शक्ति समूह यसका सबै सदस्य, सहयोगी र शुभेच्छुकलाई धन्यवाद दिन चाहन्छ। आगामी दिनमा पनि यहाँहरुको सहयोगबाट बेचविखनबाट बचेकाहरु र बेचविखनविरुद्ध नेपाल र अन्तर्राष्ट्रियस्तरमा नै थप उपलव्धी हासिल गर्नेछ।'
नेपालका महेशचन्द्र रेग्मी, भारतदत्त कोइराला, सन्दुक रुइत र महावीर पुनले यो अवार्ड पाइसकेका छन्।