काठमाडौं - गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागू हुने संघारमा प्रहरी अधिकारीको व्यापक सरुवा र बढुवा गरेका छन्। गृह र प्रधान कार्यालयले मिलेर डिआइजीबाट चुनावकेन्द्रित सरुवा सुरु गरेका थिए। शुक्रबारमात्रै नौ एसपी र ११ डिएसपीको बढुवासँगै १८ एसएसपीको सरुवा भएको थियो। आइतबार भने ४७ प्रहरी निरीक्षकको बढुवा गर्दै ५६ जना प्रहरी उपरीक्षकको सरुवा गरिएको छ। सोही दिन डिएसपी बनेका ४७ जनाको पदस्थापनासँगै ७६ सई प्रहरी निरीक्षकमा बढुवा भएका छन्। १ सय १ डिएसपीको पनि सरुवा भएको छ।सोमबारबाट निर्वाचन आचारसंहिता लागू हुने भएपछि आइतबार दिनभर गृह र प्रहरी मुख्यालयका अधिकारी कसलाई बढुवा गर्ने र कसलाई कहाँ सरुवा गराएर पठाउने भन्ने गृहकार्यमै व्यस्त थिए।
एसपी र डिएसपी बढुवामा गृहमन्त्री माधव घिमिरे र प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले मिलेर आफूअनुकूल कसैको हकमा वरिष्ठता र कसैको हकमा कार्यक्षमता भन्दै सरुवा–बढुवा गरेको भन्दै संगठनभित्रै तीव्र आलोचना भइरहेको छ।
रानाको निर्णयको संगठनबाटै आलोचना भएको बेला उनी आफैंले कार्यशैली चित्तबुझ्दो नभएको भन्दै जिल्लाबाट तानेर थन्क्याएकाहरू आइतबारको सरुवामा महत्वपूर्ण र आर्थिक रूपमा आकर्षक मानिएका जिल्लाको प्रमुख बनाइएका छन्।
आइतबारको एसपी सरुवाअनुसार ईश्वरीप्रसाद चापागार्इं धनकुटा, शरदकुमार खत्री दाङ, उत्तमराज सुवेदी धनुषा, रजेन्द्रप्रसाद चौधरी कञ्चनपुर, रामप्रसाद श्रेष्ठ महोत्तरी, जगतमान श्रेष्ठ भक्तपुर परिसर, प्रकाश अधिकारी सुर्खेत, विष्णुहरि गौतम नवलपरासी र दिनेश अमात्य सप्तरी पुगेका छन्।
यसैगरी अरुणकुमार बिसी काभ्रे, गोपीमान श्रेष्ठ तनहुँ, रवीन्द्र शर्मा कपिलवस्तु, विश्वराज पोखरेल मोरङ, गणेशबहादुर ऐर मकवानपुर, रवीन्द्र धानुक सर्लाही, धीरजप्रताप सिंह पर्सा, अजय भट्टराई उदयपुर, पूर्णचन्द्र जोशी सिरहा, विक्रम थापा रुपन्देही र प्रद्युम्न कार्की चितवनमा सरुवा भएका छन्। अन्यको ट्राफिक, अञ्चल, तालिम केन्द्रलगायत स्थानमा सरुवा भएको छ।
शुक्रबार निर्णय भएपनि आइतबारमात्रै सार्वजनिक भएको एसएसपी सरुवामा ललितपुर परिसर प्रमुख फेरिएका छन्। राजेन्द्रमान श्रेष्ठको ठाउँमा प्रधान कार्यालयले रमेशकुमार भट्टराईलाई प्रमुख बनाएर पठाएको छ।
काठमाडौंमा काजमा आएका सुबोध घिमिरेकै दरबन्दी कायम भएको छ। काठमाडौंबाट काजमा लागूऔषध ब्युरो पुगेका रणबहादुर चन्दको दरबन्दी ब्युरोमै कायम भएको छ।
प्रधान कार्यालयले आइतबार नै ४७ प्रहरी निरीक्षकको बढुवामा महानगरिय प्रहरी प्रभाग दरबार मार्गको प्रमुख हुँदा ५० हजार घुस खाएर कारबाहीमा परेका बामदेव गौतमसमेत परेका छन्। यसअगाडिको बढुवामा छुटेका प्रजित केसी, सन्तोषसिंह राठौर आइतबारको बढुवामा डिएसपी भएका छन्।