कार्यक्रममा माओवादी अबरोध, प्रहरीसहित १८ घाइते, ८ पक्राउ-
अजित तिवारी, विराटनगर भदौ २९ - प्रधानमन्त्री माधवकुमार नेपालले विश्वविद्यालयलाई राजनीति अखडा नबनाउन आग्रह गरेका छन्। विश्वविद्यालय शिक्षाको थलो भन्दा राजनीतिको अखाडा बनेकोमा प्रधानमन्त्री नेपालले चिन्ता जाहेर गरे।
‘विश्वविद्यालयमा राजनीति भइरहेको मैले सुनेको छु, विद्यार्थीको काम पढ्ने र शिक्षकको काम पढाउने हो,' सोमवार विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालयको चौथो दिक्षान्त समारोहमा प्रधानमन्त्री नेपालले भने- 'अध्ययन, अनुसन्धान र प्राज्ञिक उन्नयनमा लाग्नुपर्ने विश्वविद्यालय राजनीतिको अखाडा बनेको छ।'
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री नेपालले विगतको राजनीति संक्रमणको असर विश्वविद्यालयमा परेको बताए। उनले भने-‘शिक्षाले मुलुकको राजनीति सुधारर्छ, तर यहां त शिक्षामा राजनीति हाबी बनेका छन्।' उनले विश्वविद्यालयलाई अध्ययन, अनुसन्धान र खोजमा केन्द्रित गर्ने बेला आइसकेको बताए।
कार्यक्रमका प्रमुख अतिथी फिन्ल्याण्डका प्राध्यापक एक्रिन ऐलेन सुटिनरले शिक्षाकै कारण फिन्ल्याण्डको तीव्र विकास भएको बताएपछि गम्भीर बनेका प्रधानमन्त्री नेपालले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएकोमा दुख व्यक्त गरे। उनले भने-‘शिक्षा क्षेत्रलाई अस्तव्यस्त पारेर हामी आफैलाई पछाडी पारेका छौं, शिक्षा क्षेत्र जति पछाडी जान्छ, देशले उत्तिकै नोक्सानी व्यहोर्ने छ।' शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रयास भइरहेको प्रधानमन्त्री नेपालले बताए।
शिक्षामन्त्री रामचन्द्र कुशवाहाले उच्चस्तरीय दक्ष जनशक्ति निर्माणका लागि शिक्षा क्षेत्रमा देखिएको समस्या हटाउन सरकार कटिबद्ध रहेको बताए। उनले जलबायु परिवर्तन सम्बन्धी शिक्षा नेपालमा सुरु गर्न लागिएको जानकारी दिए। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.प्रो.रामावतार यादवले अगामी शैक्षिक सत्रदेखि जलवायु परिवर्तन सम्बन्धी पढाई सुरु हुने बताए।
राजनीति परिवर्तन र आन्तरिक बिवादका कारण चारवर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोह सोमबार भएको हो। ‘राजनीति संक्रमणले दिक्षान्त समारोह अव रोकिनु हुन्न्' प्रधानमन्त्री नेपालले भने। दिक्षान्त समारोहमा विभिन्न संकायका चारहजार दुईसय ९७ विद्यार्थीले भाग लिएका थिए।
पूर्वाञ्चल विश्वविद्यालयमा लामो समयदेखि रजिष्टारको नियुक्ती नहुंदा आर्थिक र प्रशासनिक कारोवार रोकिएको थियो। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत देशभरमा एकसय क्याम्पस छन्।
कार्यक्रममा माओवादी अबरोध,प्रहरीसहित १८ घाइते, ८ पक्राउ
प्रधानमन्त्री नेपाललाई कालोझण्डा देखाउन आएका एकिकृत नेकपा माओवादीका कार्यकर्ता र प्रहरीविच झड्प हुंदा पाँच प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन्। प्रहरीले आठजना माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोह स्थल विराटनगरको शहिद मैदान कार्यक्रम सुरु हुनुअघि टांउकोमा कालो पट्टी बाधेका एकिकृत माओवादीका हजार भन्दा बढी कार्यकर्ताले कार्यक्रमस्थलभित्र अरुलाई प्रवेशमा रोक लगाएका थिए। ‘विदेशी दलालको आर्शिवादमा बनेका प्रधानमन्त्रीलाई बहिष्कार गरौ' भन्दै माओवादी कार्यकर्ताले कार्यक्रमभित्र प्रवेश गर्न खोज्नेलाई रोकेका थिए। माओवादीले माइकिंग गरेर पटक पटक आफूहरु विद्यार्थी भएको जिकिर गरेका थिए।
हेलिकोप्टरले विराटनगर आएका प्रधानमन्त्री नेपाललाई कडा सुरक्षाविच रत्ना होटलमा राखिएको थियो। रत्ना होटलदेखि कार्यक्रमस्थल शहिद मैदानसम्मको झण्डै डेढ किलोमिटर सडक मार्गमा नेपाल र सशस्त्र प्रहरीको बाक्लो तैनाथी गरिएको थियो।
एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेका थिए। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले केही सेल अंशुग्यांस र लाठीचार्ज गरेका छन्।
प्रहरीले हानेको अंशु ग्यांसको धुंवा कार्यक्रमस्थलमा प्रवेश गरेपछि सहभागी केही विद्यार्थी अचेत भएका थिए। माओवादी कार्यकर्ताले कार्यक्रममा सहभागि हुन् आएका केही अतिथीको कार सडकमै पल्ट्याइ दिएका थिए।