काठमाडौं - पाँच वर्ष दुर्गममा बस्ने प्रतिवद्धता गरेर सरकारको पूर्ण छात्रवृतिमा एमबिबिएस पढेका चिकित्सकहरू पढाइ सकिएपछि दुई वर्षका लागि दुर्गम जान पनि अटेर गरिरहेका छन्।
पछिल्लोपटक विभागले खटाएकामध्ये सात चिकित्सकले खटाएको ठाउँमा नजान एक महिनादेखि पत्रै बुझेका छैनन्। दुर्गम नखटाउनुस् भन्दै दबाव दिन स्वास्थ्य मन्त्रालय र विभागमा भने धाइरहेका छन्। उनीहरूलाई सरकारले ३० देखि ४० लाख रुपैयाँ लाग्ने एमबिबिएस तहको अध्ययन निःशुल्क गर्ने अवसर जुटाइदिएको थियो।
मध्यजेठमा शिक्षा मन्त्रालयले विभागको सम्पर्कमा खटाएका ४० मध्ये आधाभन्दा बढी चिकित्सकले जिल्ला परिवर्तन गराएर सुगममा सरिसकेका छन्। विभागले पछिल्लोपटक जाजरकोट, संखुवासभा, गुल्मी, बर्दिया, सगरमाथा अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा खटाएका चिकित्सकले पत्र नबुझेको विभागका उपसचिव पुष्प कटुवालले बताए। पत्र बु‰न नमानेका चिकित्सक रोजेको जिल्ला जान राजनीति र प्रशासनिक दबाब दिन दिनहुँजसो मन्त्रालय या विभागमा भेटिने गरेको अधिकारीहरू नै बताउँछन् । विभाग अधिकारीले गाउँ जान अटेरी गर्ने चिकित्सकको नाम दिन भने मानेनन्।
छात्रवृति ऐन २०२१ अनुसार छात्रवृत्तिमा पढेका विद्यार्थीले पाँच वर्ष अनिवार्य सरकारले खटाएको ठाउँमा काम गर्नुपर्छ। तर ऐनविपरीत स्वास्थ्य मन्त्रालयले २०६० सालमा चिकित्सक परिचालनसम्बन्धी छुट्टै निर्देशिका बनाएर दुई वर्षमात्रै सेवा गरे हुने नियम बनाएको थियो। ऐनअनुसार सेवा करार अवधि पूरा नगरी नेपाल मेडिकल काउन्सिलले चिकित्सकको स्थायी प्रमाणपत्र नै दिँदैन्।
सकेसम्म दुर्गम नजान चिकित्सकले व्यक्तिगत कारण देखाउनेदेखि बाबुआमा लिएर रोइकराई गर्नसमेत आउने गरेको विभागका महानिर्देशक डा. मिङमार गेल्जेन शेर्पाले बताए। 'कोही बाबुआमा बिरामी छन् भन्छन्, कोही बिहे गर्नुछ, श्रीमती एक्लै हुन्छिन् भन्छन्,' शेर्पाले भने, 'नियुक्ति लिनै अटेरी गरेर हप्तौं त्यतिकै बस्छन्।' चिकित्सकको यस्तो प्रवृत्ति लामै समयदेखि विभागको टाउको दुखाइ भएको महानिर्देशक शेर्पाले बताए।
विभागका उपसचिव कटुवालले विभागमा पत्र बु‰न नमान्ने चिकित्सकको घरमै पत्र पठाइने गरेको बताउँछन्। 'पत्र बु‰न नमानेपछि घर ठेगानामा पठाएका छौं। खटाएको ठाउँमा नगई सुख छैन,' उनले भने।
दुर्गम जानु नपरोस् भनेर विभागका अधिकारीलाई प्रलोभन र सोर्सफोर्स आउने गरेको एक अधिकारी बताउँछन्। 'ठूला दलका ठूला नेता नै गुहार्छन्,' ती अधिकारीले भने, 'बाबुआमा पनि गाउँ जाँदा छोराछोरी मरिहाल्छन् कि जस्तो गर्छन्।'
छात्रवृत्तिमा पाँच वर्षको पढाइ पूरा गरेपछि ती चिकित्सकलाई स्वास्थ्य सेवा विभागले आवश्यकता भएको ठाउँमा परिचालनका लागि पठाउँछ। तर अधिकांश चिकित्सक चितवन, कास्की, धादिङ, नुवाकोट, धुलिखेल, बुटवल, तनहुँजस्ता नजिकैका र बढी स्वास्थ्य संस्था भएका जिल्ला रोज्छन्। 'गाउँ जानु भनेको धेरै सिक्ने अवसर पनि हो,' महानिर्देशक शेर्पाले भने, 'हाम्रो शिक्षण सिकाइ, समाज र संस्कार नै गाउँ गए पछाडि परिन्छ भन्ने भएछ।'
विभाग स्रोतका अनुसार सोर्सफोर्समा परिचालन गरिने हुँदा चिकित्सकहरू सुगममा आवश्यकताभन्दा बढी परिचालित छन्। अति दुर्गम जिल्लामध्ये ताप्लेजुङ, पाँचथर, डोल्पा, रुकुम, जाजरकोट, दार्चुला, कोल्टी बाजुरामा चिकित्सकको तीव्र माग भए पनि चिकित्सक जान नमान्दा विभागले परिचालन गर्न सकेको छैन्।
चिकित्साशास्त्र अध्ययनको छात्रवृत्ति कोटा प्रतिस्पर्धामा अधिकांश सहरका नाम चलेका बोडिङ स्कुलमा पढ्ने र सम्पन्न परिवारका छोराछोरी हुन्छन्। उनीहरूमध्ये धेरै पैसा खर्च गरेरै भएपछि सुगम पार्छन्। 'भनसुन हुने र केही गर्नसक्नेहरू सुगममा परेपछि अरु दुर्गम जान किन मान्छन् त?' विभाग स्रोतले भन्यो, 'कुन जिल्ला जाने भन्ने आधार नबनाउँदासम्म समस्या यस्तै रहन्छ।'
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेल छात्रवृतिका चिकित्सक परिचालन गर्ने तरिका वैज्ञानिक नहुँदा यस्तो समस्या आएको बताउँछन्। त्यस्ता सबै चिकित्सकलाई एकै ठाउँमा राखेर रिक्त गोलाप्रथाका आधारमा परिचालन गरे, सबैलाई मान्य हुने र जिल्ला जान बाध्य बनाउन सकिने उनको सुझाव छ। 'पारदर्शी रूपमा पठाए जान्न भनेर सुखै छैन,' उनले भने।
प्रत्येक वर्ष दुई चरणमा असार र भदौमा गरी डेढदेखि दुई सय चिकित्सक विभागको सम्पर्कमा आएका हुन्छन्। नेपालका १८ मेडिकल र डेन्टल कलेजमध्ये विदेशी लगानीका मेडिकल कलेजले १५ प्रतिशत र नेपाली मेडिकल कलेजले १० प्रतिशत कोटा छात्रवृत्तितर्फ छुट्याउनुपर्छ। तीबाहेक चीन, भारत, पाकिस्तान, रुस र बंगलादेशलगायत देशले शिक्षा मन्त्रालयका दिएको कोटामा पढेका विद्यार्थीले उच्च अंकको आधारमा छात्रवृत्ति पठाइन्छ। हाल झन्डै तीन सय विद्यार्थी छात्रवृत्ति कोटामा अध्ययनरत छन्।
एमबिबिएस र काउन्सिलको परीक्षा पास गरेपछि चिकित्सकहरूलाई शिक्षा मन्त्रालयले सम्झौताअनुसार काम गर्न विभाग पठाउँछ। स्वास्थ्य सेवाअर्न्तगत दुर्गम र ग्रामीण क्षेत्रमा सरकारले छात्रवृत्तिका चिकित्सकलाई मात्रै पठाउँछ। पछिल्लो समयमा सरकारका विभिन्न संस्थामा दुई सय २० एमबिबिएस, ११ एमडी (विशेषज्ञ) र २४ जना बिडिएस (दन्तचिकित्सातर्फ) छात्रवृति सेवा करारअर्न्तगत कार्यरत छन्।