पानी नहुँदा वीरमा शल्यक्रिया रोकियो
१५ असार २०७०
•
७ मिनेट पाठ
पानी नहुँदा वीरमा शल्यक्रिया रोकियो
काठमाडौं - मुलुककै सबैभन्दा ठूलो अस्पताल वीरमा पानी नभएका कारण शुक्रबार दिउँसो शल्यक्रिया रोकिएको छ। शल्यक्रियाका लागि भर्ना भएका केही बिरामीलाई 'अर्को दिन आउनू' भन्दै डिस्चार्ज  गरिएको थियो भने अन्य बिरामी पनि शल्यक्रिया नगराई फर्किएका थिए।
शनिबार पनि आकस्मिक कक्षका वार्ड, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका क्वार्टरमा पानीको हाहाकार थियो। कुनै–कुनै शल्यकक्षमा धमिलो पानी मात्रै झरेको छ। शल्यकक्षको धारामा दिउँसो पानी आएपछि आकस्मिक शल्यक्रिया नै रोकिने डरले कर्मचारीले बाटा, बाल्टिनजस्ता भाँडामा पानी थापेर राखेका छन्।
अस्पतालले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई छाडेर निजी कम्पनीसँग पानी लिन थालेपछि यस्तो समस्या आएको हो। अस्पतालको पुरानो स्रोत डिपबोरिङमा पानी कम भएपछि कारण खोजी नै नगरी वीरले केही समय केयुकेएलबाट पानी ल्याएको थियो। पछि धौलागिरी नामक कम्पनीबाट पानी लिन थालेको थियो। कम्पनीले हडतालको कारण देखाउँदै पानी नल्याउँदा अस्पतालमा पानीको हाहाकार भएको हो। अस्पतालमा दैनिक लाख लिटर पानी आवश्यक पर्ने प्रशासन बताउँछ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर एवं वरिष्ठ सर्जन डा. श्रीकृष्ण गिरीले शुक्रबार तीन बजेपछि पानीका कारण शल्यक्रिया रोकिएको बताए। 'मेजर शल्यक्रिया गरिसकेका थियौं, माइनर केही केस बाँकी थिए,' उनले भने, 'सिस्टरहरूले हात धुने पानी नि छैन भनेपछि क्यान्सिल गर्नुपर्‍यो।'
अस्पतालका ९ शल्यकक्षमध्ये शुक्रबार चलेका सबैमा तीन बजेपछिको शल्यक्रिया स्थगित गरिएको थियो। नर्सहरूले पानी सकिएको अवस्थामा शल्यक्रिया गर्न नसकिने बताएपछि बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालका सर्जन डा. कुमार श्रेष्ठले बताए। 'सरसफाइ, स्टेरलाइजहरूका कुरा सिस्टरहरूले गर्नुपर्छ,' उनले भने।
शनिबार पनि जनरल शल्यकक्षको धारामा धमिलो पानी झरेको थियो। आकस्मिक विभागको सुचारू (घाउ सरसफाइ गर्ने) कक्षमा एक थोपा पनि पानी नभएको आकस्मिक कक्षमा कर्मचारी नवराज धितालले बताए। 'आकस्मिक कक्षमा हातधुने पानीसमेत नहुँदा स्वास्थ्यकर्मीले कपडाले हात पुछेर सेवा दिनुपर्‍यो,' उनले भने।
आफ्नै गाउँबाट आएका बिरामीसमेत शुक्रबार शल्यक्रिया हुन नसकेपछि फर्किएको उनले सुनाए। 'पाँच सात महिनाअघि पनि यस्तै अवस्था आएको थियो। मैले मुख्यसचिवको घरमै फोन गरेर गुनासो गर्न खोज्दा भेटिनँ,' उनले भने, 'अहिले पनि बिरामीले औषधी खाने पानी छैन।' धितालले घाँटीको पछाडितर्फ बढेको मासुको भागको शल्यक्रिया गर्न आफ्नो गाउँ धादिङ बैरेनीबाट आएकी विष्णुदेवी सुवेदी शुक्रबार शल्यक्रिया हुन नसकेपछि फर्किएको बताए।
शल्यकक्षको धारामा झरेको पानी पूरै धमिलो थियो। 'भैसी आहाल बसेको ठाउँको पानी जस्तै छ, संक्रमणबाट जोगाउनुपर्ने शल्यकक्षमा यस्तो पानी कसरी चलाउन?' अस्पतालका एक आवासीय चिकत्सिकले भने।
'अहिले शल्यकक्षमा धारा पनि छ। तर पनि आकस्मिक शल्यक्रिया नरोकियो भनेर हामीले भाडामा थापेर व्यवस्थापन गरेका छौं,' एक कर्मचारीले भने। पानी नभएपछि अस्पतालका शौचालय दुर्घन्धित भएका छन्। रेजिडेन्ट, बिरामी र कुरुवाले जार वा बोटलको पानी किनेर खानुपर्ने अवस्था छ।
वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले पानी व्यवस्थापनमा कठिनाइ भएको बताउँछन्। पानी नभएर शल्यक्रिया नै रोकिएको भने उनले स्वीकारेनन्। 'अस्पतालको डिप बोरिङ २० वर्षभन्दा पुरानो हो,' उनले भने, 'नयाँ ठाउँमा खन्न थालेका छौं, अब टुंगिसक्न लाग्यो।'  
ट्रमा सेन्टरका लागि जग खन्ने क्रममा नै पानीको स्रोत केही कम भएको थियो। सुख्खा समयमा अभाव हुन थालेपछि किन्न थालिएको थियो। तर पानी कम आउनुको कारण खोज्न अस्पताल प्रशासनले कुनै प्राविधिक अध्ययन गरेको छैन। अस्पताल प्रशासनले पम्बिङ शाखामा प्राविधिकको सट्टा कार्यलय सहायक तहका कर्मचारी इन्द्र अर्याललाई शाखा प्रमुख बनाएको छ। ती कर्मचारीको भरमा बिना प्राविधिक अध्ययन स्थायी स्रोतमा समस्या देखाइने गरेको कर्मचारी बताउँछन्।
डिप बोरिङमा पानी कम भएको भन्दै सुरुका केही दिन केयुकेलबाट पानी मगाइएको थियो। तर पछि बिना कारण केयुकेलबाट पानी ल्याउन छोडर धौलागिरीको पानी ल्याउन थालिएको थियो। अस्पताल ल्याइने पानी बीचबाटै कतिपय वरिष्ठ चिकित्सक कर्मचारीको घरमा समेत पुर्‍याइने गरेको स्रोतको दाबी छ। 'कसरी त्यो कम्पनी छानियो र कति ल्याइन्छ भन्ने कुनै रेकर्ड छैन,' स्रोतले भन्यो, 'निजीबाट किन्न डिप बोरिङमा समस्या देखाइएको हो।'
अघिल्लो वर्षसम्म त्यही डिप बोरिङले वीर अस्पतालमा पानी पुगेको थियो। मध्यवर्षामा पानी अभाव देखाइएको कर्मचारीहरू बताउँछन्। तीनसय फिट खन्दा पनि पानी नआएको भन्ने सुने पनि कुनै अनुसन्धान नभएको अस्पतालको क्वार्टरमा बस्दै आएका आकस्मिक कक्षका स्वास्थ्यकर्मी खुवराज आचार्यले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस