दलित-गैरदलित विवाह अनुदान निर्देशिका तयार
२७ भदौ २०६६
•
६ मिनेट पाठ
दलित-गैरदलित विवाह अनुदान निर्देशिका तयार
दुवैको पहिलो विवाह भए मात्र एक लाख पाउने
किरण पुन/पवित्रा सुनार, काठमाडौं, भदौ २८- सरकारले दलित र गैरदलितबीचको अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने कानुनी व्यवस्था गर्न निर्देशिका तयार गरेको छ।
गृह मन्त्रालयले दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहित गर्न'दलित र गैरदलित अन्तरजातीय विवाह अनुदान निर्देशिका २०६६' तयार गरी मन्त्रिपरिषदमा पठाएको छ।

दलित र गैरदलितबीच अन्तरजातीय विवाह गर्ने दुवैको'पहिलो विवाह' भएमात्र एक लाख रुपैयाँ पाउने व्यवस्था नियमावलीमा गरिएको छ। त्यसमा पनि विवाह गर्ने जोडीको उमेर २० वर्ष पूरा भएको हुनुपर्नेछ ।

विवाहपछि एकपटकमात्र जोडीले दिइने यस्तो सुविधा पाउनेछ। पतिपत्नीको संयुक्त नाममा हुने बैंक खाताबाट विवाह भएको ३० दिनपछि ५० हजार एकमुष्ठ लिन पाउने छन्। त्यसपछि मासिक १० हजारका दरले वा पाँच महिनापछि एकमुष्ठ रकम निकाल्न सकिनेछ।

अनुदान दिने व्यवस्था साउन १ गतेदेखि लागू भइसके पनि अहिलेसम्म कसैले अनुदान लिएका छैनन्। गृह प्रवक्ता रत्नराज पाण्डेले नागरिकसित भने,'लागू त भइसक्यो तर अहिलेसम्म रकम कसैेले पनि लिएका छैनन्।'

आर्थिक वर्ष २०६६/६७ को बजेटको ६३ नं. को बुँदामा दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न एक लाख रुपैयाँ दिने उल्लेख छ।'दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई समाजले अझै पनि तिरस्कार गर्छ र यस्ता जोडीका प्रारम्भिक दिन कठिन हुन्छन्' भन्दै प्रोत्साहन गर्न'विवाह दर्ता भएको ३० दिनभित्र वरवधूलाई प्रोत्साहनस्वरुप रु। १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने' भनिएको छ।

सरकारको यस्तो घोषणाले'कागजमा मात्र गरिएका नक्कली विवाहलाई प्रोत्साहन गर्ने' आरोप लगाउँदै विरोध गरिएको थियो। कृत्रिम विवाह गरी रकम लिन नपाऊन् र यसबाट हुने विकृति रोक्न यस्तो निर्देशिका ल्याएको दाबी सरकारको छ।

रकम वितरण, अभिलेख राख्न र यसमा आउने समस्या हटाउन केन्द्रीयस्तरमा समन्वयका लागि स्थानीय विकास मन्त्रालयका सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ। जसमा अर्थ, गृह, महिला बालबालिका तथा समाज कल्याण, कानुन तथा न्याय मन्त्रालय, संघीय मामिला, संविधानसभा तथा संस्कृति मन्त्रालयका सचिव सदस्य छन्।

गृहमन्त्रालयबाट परिमार्जित मस्यौदा'दलित र गैरदलित अन्तरजातीय विवाह अनुदान निर्देशिका, २०६६' अनुसार २०६६ साउन १ पछिका विवाह गर्ने जोडीले मात्र यस्तो सुविधा पाउने छ। यसैगरी, नेपालको कानुनले तोकेभन्दा केटीको उमेर दुई वर्ष बढी अर्थात् २० वर्ष काटेको हुनुपर्ने छ। नेपालको कानुनले विवाहको लागि केटीको उमेर १८ र केटाको उमेर २१ वर्ष तोकेको छ।

यस्तो विवाह गर्ने जोडीले रकम पाउन सम्बन्धित जिल्ला विकास समिति वा गाउँ विकास समितिको कार्यालयमा विवाह दर्ताको प्रमाणपत्र, दुवैको नेपाली नागरिकताको प्रमाणपत्र, छुट्टाछुट्टै विवरण फारम, भर्खरै खिचेको चार/चार प्रति फोटो र दलित र गैरदलित स्पष्ट प्रमाणित हुने कागजात बुझाउनु पर्ने छ। साथै दुवै पक्षबाट दुई/दुईजना साक्षी पनि हुनुपर्नेछ।
झुटा ठहरे नवदम्पतीलाई मात्र होइन दुई/दुईजना साक्षी, झुटा प्रमाणित गर्ने अधिकारीलाई पनि सजाय हुनेछ। तर, सजायबारे निर्देशिका मौन छ।'बदमासी हुन्न होला भनेर सजाय नतोकिएको हो। त्यस्ता घटना आए भने बनाउन सकिन्छ,' गृह प्रवक्ता पाण्डेले भने।
दुवैको पहिलो विवाह र दलित र गैरदलित प्रमाणित भइसकेको प्रमाणपत्र जारी भई सम्बन्धित जिल्ला विकास समिति वा गाउँ विकास समिति कार्यालयमा पेस भएपछि अनुदान रकम पाउने छन्।

नेपाल दुई ठूला मुलुकहरूको बीचमा रहेको सानो देश हो भन्ने थियो। तर, यसमा रहेको भाषिक, जातीय, सांस्कृतिक र धार्मिक विविधताले मलाई प्रभावित गर्‍यो। विविधता नेपालको सम्पत्ति हो। मुलुकको सम्पत्तिलाई अत्यन्तै सावधानीपूर्वक ब्यवस्थापन गर्नुपर्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस