रुकुम - जिल्लाको नुवाकोट गाविस–८ नाख्लाका ४२ वर्षीय भीमलाल ओलीले गएराति आफ्नै ४२ वर्षीया श्रीमती पवित्रा केसी ओलीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्। करिब राति १ बजे सुतिरहेको समयमा श्रीमतीको हत्या गरी दुई छोरा र एक छोरीलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते हुनेमा १० वर्षीय प्रेम, १५ वर्षीय तुलसीराम र १८ वर्षीया छोरी विमला रहेका छन्।घाइतेहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्लेतर्फ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये दुई छोराको अवस्था गम्भीर रहेको छ। उनीहरूको टाउको र घाँटीमा खुकुरीको गहिरो चोट लागेको छ।
घटनापश्चात् हत्याका आरोपी फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक ओमबहादुर कवरले बताए। घटनाको कारणबारे खुल्न सकेको छैन।
घटनापश्चात् हत्याका आरोपी फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक ओमबहादुर कवरले बताए। घटनाको कारणबारे खुल्न सकेको छैन।