काठमाडौं- नेपाली पत्रकारको भौतिक एवम् कार्यगत सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय शान्ति प्रवर्द्धन कोषले संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)मार्फत 'पत्रकारको सुरक्षाको अभिवृद्धि' सम्बन्धी परियोजना सुरु गर्ने भएको छ।
दुईवर्षे सो परियोजनालाई यसै वर्षदेखि सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासङ्घ, फ्रिडम फोरम, सञ्चारिका समूहलगायतले कार्यान्वयन गर्नेछन्।
द्वन्द्वपछि पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरुको भौतिक एवम् कार्यगत सुरक्षा, दण्डहीनता, सूचनाको हक प्रवर्द्धन, मानवअधिकार जस्ता क्षेत्रमा केही सुधार आएता पनि अझै नेपाली पत्रकारले निर्धक्करुपमा व्यावसायिक दक्षताका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्नसक्ने अवस्था नभएको भन्दै युनेस्कोले सो परियोजना सुरु गर्न लागेको स्पष्ट पारेको छ।
परियोजनालाई आगामी दिनमा के कसरी सशक्तरुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा विज्ञ समूहको राय लिन युनेस्कोद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार परियोजनाले पत्रकारको सुरक्षाको अभिवृद्धिका लागि सम्बन्धित निकायको क्षमता अभिवृद्धिका लागि काम गर्नेछ।
नेपाल पत्रकार महासङ्घका अनुसार गत वर्ष नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका दुई सय ७१ वटा घटना भएका र तीन जना पत्रकार मारिएका थिए। कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि एक्सेल पाथेले द्वन्द्वपछिको अवस्थामा पनि नेपाली पत्रकारको सुरक्षा अवस्थामा खासै सुधार आउन नसकेको अवस्थामा सुधार ल्याउन परियोजनाले काम गर्नेछ भने।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गौरी प्रधानले मानव अधिकार संरक्षणका लागि पहरेदारको रुपमा काम गरिराखेको पत्रकारको सुरक्षा अवस्था खस्किनु चिन्ताको विषय हो भने।
सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता दिँदै काम गर्दै आइरहेको चर्चा गर्दै कुन क्षेत्रबाट पत्रकारिता क्षेत्रमा असुरक्षा भयो? यसबारे अनुसन्धान आवश्यक छ भने।