कारबाहीको माग गर्दै कमलरीद्वारा राजधानीमा धर्ना (फोटो फिचर)
१४ जेष्ठ २०७०
•
४ मिनेट पाठ
कारबाहीको माग गर्दै कमलरीद्वारा राजधानीमा धर्ना (फोटो फिचर)
काठमाडौं- कमलरी राखेर हत्या तथा यौनजन्य क्रियाकलाप गर्नेमाथि कारबाही माग गर्दै कमलरी प्रथा उन्मुलन संघर्ष समितिले राजधानीमा धर्ना सुरु गरेको छ। राज्यले कमलरी प्रथालाई अवैध घोषणा गरेपनि कानुन कार्यान्वयन नहुँदा यो प्रथा कायमै रहेको र त्यसबाट बालिका र किशोरीहरु मारिने, बलात्कृत हुने क्रम नरोकिएको भन्दै उनीहरुले रत्‍नपार्कको शान्तिवाटिकामा धर्ना दिएका हुन्।  




समितिले २०६९ चैत १४ गते दाङ लालमटियाकी १२ वर्षीया सिर्जना चौधरीको हत्यामा संलग्न ललितपुरका युवराज पौडेल र उनका साला शंकर अधिकारीलाई कानुनी कारबाहीसमेत माग गरेको छ। चौधरीको मट्टितेल छर्केर हत्या गरिएको आरोप उनीहरुले लगाउँदै आएका छन्। 

सिर्जना चौधरी र मेघी चौधरीका हत्यारा युवराज पौडेल, शंकर अधिकारी, बालकृष्ण शाह, लालमणी शर्मा र पार्वती गिरीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, कमलरीको उद्दार गरी पुनःस्थापना गर्नुपर्ने, कमलरी पुनःस्थापना निर्देशिका परिवर्तन गरेर छात्रवृद्धि रकम बढाउनुपर्ने, मुक्त कमलरीलाई परिचय पत्र दिनुपर्ने, डेरा गरेर पढिरहेका कमलरीलाई छात्रबासको ब्यवस्था गर्नुपर्ने र कमलरी प्रथा उन्मुलनको घोषणा गरेर पुनःस्थापनाका लागि छुट्टै ऐन बनाउनुपर्ने मागसहित उनीहरु धर्नामा बसेक हुन्।

आफ्ना माग पूरा नगरे जे पनि गर्ने मुक्त कमलरीहरुले बताइन्। 'सुरुवाती तीन दिन हामी धर्नामा बस्नेछौं,' मुक्त कमलरी विकास मञ्चका अध्यक्ष तथा समितिका संयोजक उर्मिला चौधरीले भनिन्, 'त्यतिमा पनि सुनावाइ नभए चौथो दिनदेखि रिले अन्सन बस्छौं।' उनीहरुले आफ्ना माग पूरा गराइ छाड्ने बताइन्। 'हाम्रो माग जायज छ,' १४ वर्ष कमलरी बसेका २२ वर्षीया सुशीला चौधरीले भनिन्, 'त्यसका लागि भोकै ज्यानै दिन किन नपरोस्। जायज माग पूरा गराइछाड्छौं।'

सात दिनमा पनि राज्यले केही नगरे समितिले तराईका सबै जिल्ला अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका गरी करिब सय जना मुक्त कमलरी धर्नामा सहभागी छन्। उनीहरुसँगै पूर्व सभासद् शान्ता चौधरीले पनि धर्नामा ऐक्यबद्धता जनाएकी छन्। 'कमलरी कहीँ न कहीँ भूमिसँग जोडिएका मुद्दा हुन्,' धर्नामा बसेकी शान्ता चौधरीले भनिन्, 'त्यसैले ब्यवहारिकरुपमा कमलरीहरु मुक्त हुन जरुरी छ।'

उनले सिर्जना चौधरीका हत्यारालाई कानुनी कारबाही नभएसम्म त्यस्ता अपराधिक घटना मौलाउँदै जाने बताइन्। त्यसैले सरकारको त्यसतर्फ ध्यानाकार्षण जान जरुरी रहेको उनले बताइन्। सिर्जना त उदाहरणमात्र रहेको भन्दै दिनहुँ त्यस्ता घटना मौलाउँदै गएको उनले बताइन्। 

आन्दोलनमा कसैको सहयोग नपाएकोमा उर्मिला चौधरीले दुःखेसो पोखिन्। उनले खानाका लागि गाउँबाटै चामल, नुन, तेल बोकेर ल्याएको बताइन्। 

यसअघि समितिले राष्ट्रपति, सरकार प्रमुख, गुह, शिक्षा, महिला तथा बालबालिका मन्त्री, राष्ट्रिय मानवअधिकार आयोग र प्रमुख दलका नेतालाई घच्घच्याउन ज्ञापन पत्र बुझाएको थियो। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस