भक्तपुर- भक्तपुरको ताथली गाविस–६ मा इँटाभट्टाको पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्। पोखरीमा डुबेर ताथली–६ का राज बस्नेतको नौ वर्षका छोरा राजेनको मृत्यु भएको र सोही ठाउँका कुबेर बस्नेतका आठ वर्षका छोरा क्रिष्चल गम्भीर घाइते भएका छन्।
उपचारका लागि भक्तपुर अस्पताल ल्याइएका दुबै बालकमध्ये राजेनको भक्तपुर अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको र क्रिष्चलको भने भक्तपुर अस्पतालमा उपचार हुन नसेकपछि कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भइरहेको स्थानीय नविन बस्नेतले जानकारी दिए।
स्थानीयले पोखरी वरिपरी बार लगाउन पटक—पटक आग्रह गर्दा पनि भट्टा सञ्चालकले अटेर गरेका कारण दुर्घटना भएको बताउँदै स्थानीयले घाइतेको उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।इँटाभट्टाको पोखरीमा डुबेर यसवर्ष मात्र भक्तपुरमा आठ बालकको मृत्यु भइसकेको छ। रासस