खैरो हिरोइनसहित तीन पक्राउ
२९ पौष २०७७
•
१ मिनेट पाठ
खैरो हिरोइनसहित तीन पक्राउ
प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो।




बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ।

यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका–३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ। तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र ८२ हजार जरिवाना सजाय तोकेको थियो। अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए। घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो। रासस
अर्को समाचार
लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ
१२ भदौ २०७६
•
१ मिनेट पाठ
लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ
लहान – प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बुधबार साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो।




स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र यादवले लागुऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

पक्राउ परेका दुवैको साथबाट रु २० हजार ७६० नेपाली र एक हजार ७०० भारतीय रुपैयाँ तथा एक थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।रासस
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस