अवैध लागूऔषध खैरो हेरोइनसहित मकवानपुर प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा–१५ रातोमाटेबाट प्रहरीले ४ ग्राम ९१० मिलिग्राम खैरो हिरोइनसहित हेटौँडाका ४ युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षका भीमसेन पाण्डे, २७ वर्षीय मन्जित गौतम र २० वर्षका साकार ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
वीरगन्जबाट हेटौँडा आउँदै गरेका दुईवटा मोटरसाइकललाई रोकेर सुरक्षा जाँच गर्ने क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा लागूऔषध खैरो हिरोइन भेटिएको अर्यालले बताए । चारै जना मिलेर किनेर बयान उनीहरुले दिएपछि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरीको भनाइ छ ।