मकवानपुर - मकवानपुरको हाँडीखोला–४ ठाडोखोलामा मोबाइल चार्ज गर्न र क्यासेट बजाउन खोज्दा करेन्ट सर्ट भइ करेन्ट लागेर एक जनाको घटनास्थमै मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। घरमा रहेको ट्रान्सर्फरमा करेन्ट सर्ट हुँदा बुधबार हाँडीखोला–४ ठाडोखोलाकै ३५ वर्षीय जयबहादुर थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।आज दिउँसो २ बजे भएको दुर्घटनाका घाइतेलाई हेटौंडा अस्पतालामा ल्याएर उपचार भइरहेको छ। घाइते हुनेमा सोही स्थानका १३ वर्षीय बुघराम वाइवा, २२ वर्षीय सुकुलाल गोले, ३३ वर्षीय बिताबसिंह रुम्बा र २७ वर्षीय सबिनामाया थिङ छन्। उनीहरुले मोबाइल चार्ज गर्न लग्दा करेन्ट प्रवाह भई घाइते हुन पुगेको अनुमान प्रहरीले गरेको छ। घटनालगत्तै प्रहरी चौकी नेवारपानीबाट टोली घटनास्थल गएको कार्यालयले जनाएको छ।
अर्को समाचार
ट्रान्सफर्मर सर्ट हुँदा एकको मृत्यु, ४ घाइते
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ