भीम चापागाईं, इलाम, वैशाख १० (नागरिक)- सदरमुकामभन्दा पश्चिमी क्षेत्रमा पर्ने जीतपुर बजारका तीन घरमा गएराती आगलागीमा भएको छ। राती करिब १२ बजे सुरु भएको आगलागीमा तीन घर जल्दा १७ परिवार विस्थापित भएका छन्।
जीतपुर-१ जितपुरेका थिरबहादुर कटुवाल, प्रेम घिमिरे र दलबहादुर राईको घर आगलागीबाट पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट दलबहादुरको घरमा डेरा गरी बस्ने आठ, प्रेमबहादुरको घरमा बस्ने पाँच र थिरबहादुरकोमा बस्ने चार परिवार विस्थापित भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ। विस्थापितहरु अहिले छिमेकीकहाँ आश्रय लिई बस्न बाध्य छन्।
आगलागीबाट कपडा, जुत्ता र किराना पसलका सामग्री नष्ट भएका छन्। मंगलबारेस्थित प्रहरीले आगलागीबाट करिब ९० लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विद्युत सर्ड भई आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ। मध्यरातमा सुरु भएको आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो।