अवरोध हटाउन बल प्रयोग गर्न सकिने
अर्जुन सुवेदी, काठमाडौं, भदौ १६- पशुपति मन्दिरको रिक्त पुजारीमा नियुक्तिका निम्ति दुई भट्टलाई भारतबाट ल्याइ सकिएको जानकारी पशुपति क्षेत्र विकास कोषले दिएको छ। संस्कृति मन्त्री तथा पशुपति क्षेत्र विकाश कोषका अध्यक्ष डा. मिनेन्द्र रिजालको अध्यक्षतामा सोमबार बसेको कोषको बैठकले नियुक्तिलाई भदौ १९ अगावै औपचारिकता दिने निर्णय समेत गरेको छ।
मन्दिरको उत्तर ढोकाका रमाकान्त भट्ट र बासुकीनाथका केपी रामचन्द्रले गत पुसमा राजीनामा दिएर भारत फर्केपछि उनीहरुको पद रिक्त थियो। त्यस स्थानमा परम्परा अनुसार भारतबाटै नयाँ भट्ट नियुक्ति प्रकृया थालेकोमा पशुपति भट्ट नियुक्ति संघर्ष समितिले विरोध स्वरुप आइतबारदेखि तालाबन्दी सुरुगरेको थियो। माओवादी निकटको यस समितिले रिक्त स्थानमा प्रतिस्पर्धाका आधारमा नेपाली नागरिकलाई नै भर्ना गरिनु पर्ने माग राखेको छ। कोषले भने रिक्त स्थानमा दक्षिण भारतबाटै गिरीश भट्ट र राघवेन्द्र भट्टको चयन गरिसकिएको जानकारी दिएको छ।
एक महिनाअघि मुलभट्ट महावलेश्वर रावलको संयोजकत्वमा गठित तीन सदस्यीय पुजारी सिफारीस समितिले उनीहरुको चयन गरेको कोषले बताएको छ। नवनियुक्त भट्ट गिरीशले मन्दिरको उत्तर मुहार र राघवेन्द्रले बासुकी मन्दिरमा पुजाको जिम्मेवारी सम्हाल्ने छन्।
यो निर्णय दुई दिनभित्र प्रधानमन्त्री समक्ष पेश हुने र कोषका संरक्षक रहेका प्रधानमन्त्रीबाट अनुमोदन भएपछि दुई भट्टको नियुक्तिले औपचारिकता पाउनेछ।
स्रोतका अनुसार दुवै पुजारी करिब एक साता भन्दा अघिनै नेपाल ल्याइएको हो। उनीहरुलाई हाल मन्दिरको पुजा विधिको वारेमा जानकारी दिई पुजामा लगाइराखिएको छ।
'परम्परा अनुसार नै पुजारी नियुक्त गरिनेछ। यसमा केही हेरफेर हुदैन। 'संस्कृति मन्त्रालयका सचिव प्रमोद कार्कीले नागरिकसँग भने।
परम्परा अनुसार सोह्र श्राद्धको अवधिमा पुजारीलाई काममा लगाउन नमिल्ने भएकाले उनीहरुलाई त्यस अगावै औपचारिक नियुक्ति दिन लागिएको हो। पुजामा लगाउनु अघि नवनियुक्त भट्टलाई 'मासनाम' घरमा चार दिन गुफासमेत राख्नुपर्ने हुन्छ।
यसैबीच संघर्ष समितिले कुनै पनि हालतमा भारतीय पुजारी नियुक्त हुन नदिने अडान दोहोर्याएको छ।
बैठक बस्नुअघि सोमवार कोषका केही पदाधिकारी र समिति बीच मन्त्रीको निर्देशन बमोजिम वार्ता गर्ने सहमती भएको थियो। 'मन्त्री ज्युले आन्दोलनका विषयमा ध्यानै दिन चाहनु भएन,' मन्त्रालय निकट श्रोत भन्छ, 'माथिल्लो निकायबाटै राजनीतिक सहमतिमा यो समस्याको समाधान हुनेछ।'
मन्त्रालयका अनुसार अब पशुपतिको ताल्चा बल प्रयोग गरेर भए पनि खोलिने भएको छ।
'यो निर्णय फिर्ता नभएसम्म हाम्रो आन्दोलन रोकिदैन,'समितिका संयोजक ऋषिप्रसाद शर्माले नागरिकसँग भने,'अन्यथा मन्दिरको पुजा ठप्प हुने स्थिति आउन सक्छ।'
प्रारम्भमा सन्यासी र ब्राम्हण पुजारी रहँदै आएको पशुपतिमा मल्लकाल देखि दक्षिणात्य ब्राम्हणलाई मूलभट्टको रुपमा नियुक्त गर्ने परम्परा चल्दै आएको छ। उत्तरी भारत विभिन्न समयमा गैर हिन्दूहरुको प्रभावमा परेकाले दक्षिणका ब्राम्हणहरुले धार्मिक अभ्यासलाई अटुट रुपमा शुद्ध परिपालन गर्दै आएको तथ्यका आधारमा यस्तो परम्परालाई निरन्तरता दिइएको पशुपति क्षेत्रका जानकार बताउँछन्।
गत पुसमा माओवादी सरकारले अचानक यो परम्पराको अन्त्य गर्दै आफू नजिकका व्यक्तिलाई मूलभट्ट नियूक्त गरेपछि विवाद चर्किएको थियो। त्यतिबेला सर्वोच्च अदालतले सरकारको निर्णय उल्ट्याए पछि अन्तरिम आदेश अनुसार पुरानै मूलभट्टले निरन्तरता दिँदै आएका हुन्। त्यसै विवादका कारण दुई भट्ट भारत फर्किएका थिए भने माओवादीले त्यसयता यो मुद्दालाई राष्ट्रियताको रुप दिँदै नेपाली मूलभट्ट नियुक्तिको नारा उठाउँदै आएको छ।