टेकनारायण भट्टराई, पाल्पा, चैत १ - गुल्मी सदरमुकाम तम्घासबाट नेटादर्लिङतर्फ जाँदै गरेको लु १ ज ३०२४ नम्बरको जीप मंगलबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दश जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेटादर्लिङ गाविस५ स्थित म्यालचौरमा दुर्घटना भएको हो। मृत्यु हुनेमा नेटा गाविस५ का ८२ वर्षीया दिलमती श्रीस र सोही गाविस ९ का ५५ वर्षीय नरबहादुर भण्डारी रहेको प्रहरी नायव उपरिक्षक गुरूबिष्णु काफ्लेले बताए। उनीहरुको घटना स्थलमै मृत्यु भएको थियो। घटनास्थल सदरमुकाम तम्घास देखि ९ कोष टाढा पर्छ। कफ्लेका अनुसार जिप चालक सम्पर्क बाहिर छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।
राति करिब ८ बजे दुर्घटना भएको थियो। घाइते भएकाहरुलाई जिल्ला अस्पताल तम्घास र पाल्पा स्थित मिसन अस्पताल तर्फ लगिएको छ।