नवनिर्मित विद्यालय भवन हस्तान्तरण
२७ फागुन २०६९
•
२ मिनेट पाठ
नवनिर्मित विद्यालय भवन हस्तान्तरण
मङ्गलबारे (इलाम), फागुन २८- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामले 'शीघ्र पुनःस्थापना तथा विपद् जोखिम न्यूनीकरण' कार्यक्रमअन्तर्गत निर्मित विद्यालय भवनहरू हस्तान्तरण गरेको छ।
सो कार्यक्रमअन्तर्गत हालसम्म १० वटा भूकम्प प्रतिरोधात्मक भवनहरू निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिसकिएको शाखा सभापति देवीप्रसाद गौतमले जानकारी दिनुभयो। बाँकी पाँच वटा विद्यालय भवन पनि निर्माण सम्पन्न भइसकेको र केही दिनभित्रै हस्तान्तरण गरिने भएको छ।


गत वर्षको भूकम्पले क्षति पुर्‍याएका जिल्लाका विभिन्न स्थानका विद्यालयमा रेडक्रसले बेलायती सहयोग नियोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र सेभ द चिल्ड्रेनको सहयोगमा दुई कोठे भवनहरू निर्माण गरेको थियो।
पाँचथरसँग सीमा जोडिएको आमचोक-८ स्थित दशमीमा रहेको विजय निम्न माध्यमिक विद्यालयमा नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सभापति गौतमले बालबालिकालाई भयरहित वातावरणमा पढ्न नवनिर्मित भवनले मद्दत पुग्ने विश्वास व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक रूपनारायण अधिकारीले नेपाल रेडक्रस सोसाइटीबाट उपलब्ध सामान बाहेक रु चार लाख ८० हजारको लागतमा भवन निर्माण सम्पन्न भएको आयव्यय विवरण सार्वजनिक गर्नुभएको थियो। फाकफोक-२ पचेवाको जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवनसमेत हस्तान्तरण गरिएको छ।
विद्यालयका प्रधानाध्यापक डिकप्रसाद लामिछानेले रू ११ लाख ६० हजारमा भवन निर्माण सम्पन्न भएको बताए। रासस
अर्को समाचार
जनसेवा प्राविलाई भवन हस्तान्तरण
२२ असार २०७६
•
२ मिनेट पाठ
जनसेवा प्राविलाई भवन हस्तान्तरण
मकवानपुर – चेपाङ बाहुल्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६ माकलदमारस्थित जनसेवा प्राविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पले विद्यालय भवन भत्काएपछि निर्मित सातकोठे पक्की भवन र शौचालय हस्तान्तरण गरिएको हो। दातृ निकाय लिसा हिमालय इभी जर्मनीको १ करोड ४० लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा भवन र शौचालय निर्माण गरिएको थियो। राक्सिराङ–६ का वडाध्यक्ष सिंगलाल प्रजा र लिसा हिमालयकी अध्यक्ष डानिला म्यारिङले भवनको संयुक्त रूपमा उद्घाटन गरी हस्तान्तरण गरेका थिए।

वडाध्यक्ष प्रजाले विद्यालय भवन अभावमा अन्य विद्यालय जान विद्यार्थीहरु झन्डै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता अन्त्य भएको बताए। ‘विद्यालय भवन नहुँदा कलिला विद्यार्थी करिब डेढ घन्टा भीर र पहिरोको बाटो हिँड्नुपथ्र्यो,’ उनले भने, ‘राज्यले गर्नुपर्ने काम गैरसरकारी संस्थाले गरी विद्यालय भवन निर्माण गरेकोमा खुसी लागेको छ।’ विद्यालयका प्रधानाध्यापक हीरालाल स्याङ्तानले भवन निर्माण भएपछि अधिकांश चेपाङ बालबालिका रहेको विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने बताए।

कार्यक्रममा लिसा हिमालयका कन्ट्री डाइरेक्टर स्टेफन स्कोली, कार्यक्रम निर्देशक अन्जन पौडेल, दिगो विकासका लागि एकता नेपालका अध्यक्ष अच्यूतप्रसाद पौडेल, विद्यालय व्यवस्थापनका अध्यक्ष सन्तबहादुर थिङ, माकलदमार बजुराङ सिदाम टोल विकास संस्थाका अध्यक्ष दीपेश थिङलगायतले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्र्नेमा जोड दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस