काठमाडौं, फागुन २२ (नागरिक)- जथाभावी भाडा असुल्ने तथा मिटर नराख्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारवाही गरेको विरोधमा ट्याक्सी चालकहरु प्रदर्शनमा उत्रिएका छन्। बिहान १० बजेदेखि नै यात्रु चढाउन छाडेका ट्याक्सीहरुले भाडदार पुनरावलोकन लगायतका माग राखी खुलामञ्चमा प्रदर्शन गरेका छन्।
ट्याक्सी चालकको प्रदर्शनका कारण रत्नपार्क आसपास क्षेत्रको ट्राफिक अस्तव्यस्त बनेको छ।
गत पुस २९ गतेदेखि प्रहरीले ट्याक्सी चालकमाथि अभियान चलाएको थियो। नियम उल्लंघन गर्ने ट्याक्सी चालकको लाइसेन्समा प्वाल पार्न थालेपछि ट्याक्सी चालकहरु क्रुद्ध बनेका हुन्।
ट्याक्सी चालकहरुले मिटर बाहेक पनि यात्रु ओसार पोसार गर्न पाउनुपर्ने, प्रतिकिलोमिटर ५० रुपैयाँ भाडादर कायम हुनुपर्ने, ट्राफिक प्रहरीले प्वाल पारेका लाइसेन्स सदर गर्नुपर्ने, कारवाहीमा परेर नापतौल विभागले खारेज गरेका मिटर फिर्ता गर्नुपर्ने माग राखेका छन्।
नयाँ ट्याक्सी ल्याउन खोज्नेलाई माफिया र ट्राफिक प्रहरीलाई निरंकुश भन्दै खुलामञ्च नाराबाजी गरेका थिए।