काठमाडौं, फागुन ३- 'महिला हिंसा अन्त्य गरौं' भन्ने आवाज चर्काउँदै महिला तथा पुरुष एकसाथ आज काठमाडौंको सडकमा ओर्लिए। उर्लदो सय करोड अभियानअन्तर्गत अधिकारकर्मीलगायत विभिन्न क्षेत्रका महिला तथा पुरुष समाजबाट महिला हिंसा अन्त्य हुनुपर्ने प्लेकार्ड बोकेर प्रधानमन्त्री निवास बालुवाटारदेखि शान्तिवाटिकासम्म सडक र्यालीमा सहभागी भए।
महिला तथा पुरुष सडकमा आएर महिलामाथि हुने हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन विश्वका विभिन्न देशमा आज यो अभियान सञ्चालन भइराखेको छ। महिला हिंसा अन्त्य सुनिश्चित हुनुपर्ने माग गर्दै बालुवाटारबाट सुरु भएको सो र्यालीले सहरका विभिन्न स्थान परिक्रमा गर्दै शान्तिबाटिकामा आएर सभामा परिणत भएको थियो।
सञ्चारिका समूहलगायत विभिन्न महिला अधिकारकर्मी सङ्घ संस्थाद्वारा आयोजित सो र्यालीका सहभागीले महिला हिंसा अन्त्य गर्न कानुन ल्याउनुपर्ने मागसमेत गरेका थिए। र्याली समापनका अवसरमा विभिन्न महिला कलाकारले महिला वस्तु होइन, मानव हो भन्ने सन्देश झल्कने नाटक अभिनय गरेका थिए। साथै बेलुन उडाएर महिला हिंसा अन्त्यको आवाज घन्काएका थिए।
सो अवसरमा समूहका अध्यक्ष निर्मला शर्मा तथा महिला अधिकारकर्मी बन्दना राणाले महिला हिंसा अन्त्यका लागि कडा कानुन ल्याउन र दोषीमाथि कडा कारबाही गर्न माग गरे। रासस