काठमाडौं, माघ २९- पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा दैलेखमा पक्राउ परेका आफ्ना कार्यकता रिहाइको माग गर्दै नेकपा-माओवादीले आज यहाँ विरोध प्रदर्शन गरेको छ। शान्तिवाटिकाबाट सुरु भएको विरोध जुलुस बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सहिदढोका, नयाँसडक हुँदै जुद्धसालिकमा पुगेर कोणसभामा परिणत भएको थियो।
जुलुसका सहभागीले सत्यनिरुपण मेलमिलाप आयोग गठन गर्नुपर्ने, बेपत्ता आयोग गठन गर्नुपर्ने, जनयुद्धकालीन मुद्दा फिर्ता गर्नुपर्ने, दैलेखमा पक्राउ परेका कार्यकता रिहाइ गर्नुपर्ने लगायत माग राख्दै नाराबाजी गरेका थिए।
कोणसभालाई सम्बोधन गर्दै नेकपा-माओवादीका केन्द्रीय सदस्य दिनेश शर्माले जनयुद्धकालीन मुद्दा ब्युँताउँदै गए मुलुक पुनः द्वन्द्वमा फस्नेतर्फ सजग हुनुपर्ने बताए। माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले दैलेख घटनाबारे पत्रकारले एकतर्फी रुपमा समाचार प्रकाशन र प्रसारण गरेको आरोप लगाए। रासस