दिलबहादुर छत्याल, धनगढी, माघ १५ - पूर्व - पश्चिम रार्जमार्ग अर्न्तगत कैलालीको बनबेहडामा जन्ती बोकेको ट्र्याक्टर सोमवार बिहान दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। ७ जनाको अवस्था गंभीर रहेको छ।
मृत्यु हुनेमा भजनी ५ ठेकिपुरका अन्दाजी २५ बर्षिय कालुराम चौधरी रहेका छन। उपचारका लागि अत्तरिया ल्याउँदै गर्दा बाटैमा उनको मृत्य भएको प्रहरीले जनाएको छ।
कैलालीको भजनीबाट जन्ती लिएर धनगढी मजगाउँ आइरहेको से.१ प.२२४५ नम्बरको ट्र्याक्टर बनभेडा स्थित सशस्त्र प्रहरीको चेक पोष्ट नजिक सोमवार विहान करिब साढे आठ बजे दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते हुनेमा भजनीका २२ वर्षीय धनीराम चौधरी,१३ बर्षका आशिष चौधरी,१८ बर्षका टेक डगौरा, ३३ बर्षका शिबलाल चौधरी, ३० बर्षका हरि बहादुर चौधरी,२२ बर्षका प्रेमलाल चौधरी र खैरालाका ३० बर्षीय बाबुराम चौधरी रहेका छन। उनीहरुको अत्तरिया स्थित सेवा नर्सिङ होममा उपचार भइरहेको छ।
टयाक्टरको ट्रलीमा क्षमता भन्दा बढी यात्रु रहेका कारण मोडमा चालकले नियन्त्रण गर्न नसक्दा ट्याक्टर सकडमा पल्टिन गइ दुर्घटना भएको इप्रका चौमालाका हवल्दार गगन बहादुर बोहराले बताए। ट्क्टर चालक रामबहादर चौधरी फरार रहेको प्रहरीले जनाएको छ।