कलेन्द्र सेजुवाल/गोविन्द केसी, सुर्खेत, माघ १४- दैलेख घटनापछि रातारात त्यहाँका सुरक्षा प्रमुखलाई सरुवा गरिनु गम्भीर गल्ती भएको मध्यपश्चिमका क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले बताएका छन्। घटनापछि सुरक्षा प्रमुख सरुवा गर्ने पञ्चायतकाल देखिकै चलन भए पनि उनले यसलाई 'अस्वाभाविक सरुवा' भनेका छन्।
'छानबिन समिति जिल्लामा आएर काम नथाल्दासम्म उनीहरुलाई चलाउनु हुन्थेन,' आइतबार देशभरका सामुदायिक रेडियोमा प्रशारित अन्तरक्रियामा उनले भने, 'दुवै प्रशासनिक प्रमुखलाई झिक्ने अवस्था थियो कि थिएन भन्ने समिक्षा नगरीकनै गरिएको सरुवामा म सहमत छैन।' उनले सामान्यतयाः घटनापछि बन्ने छानवीन समितिलाई काम गर्न सहज होस् भन्ने हेतुले सरुवा गर्ने प्रचलन रहेको बताए।
माघ १० गते प्रधानमन्त्री बाबुराम भट्टराई उपस्थित एकीकृत माओवादीको कार्यक्रममा भएको झडपछि सोही राति प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरीप्रमुख डिएसपी शारदाप्रसाद चौधरीसहित अन्य दुई प्रहरी निरीक्षकलाई सरुवा गरिएको थियो। यसबारे क्षेत्रभरिको सुरक्षा अवस्था हेर्ने क्षेत्रीय प्रशासन कार्यालयसँग कुनै समन्वय गरिएको थिएन। प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले र डिएसपीलाई क्षेत्रीय प्रहरी कार्यालयले सरुवापत्र थमाएका थिए। सुरक्षा प्रमुख सरुवा भएको दुई दिनपछिमात्र छानबिन समिति जिल्ला पुगेको थियो।
प्रमुख जिल्ला अधिकारीको सरुवापछि जिल्लामा प्रशासनिक शून्यताको अवस्था आएको थियो। दुई दिनसम्म शाखा अधिकृत गंगारामा गिरीले कार्यालय धानेका थिए। जिल्ला प्रहरी कार्यालयमा भने एसपी मोहनराज जोशीलाई राखिएको थियो। 'यति ठूलो घटनापछि आदेश दिने प्रशासनिक निकाय (जिल्ला प्रशासन कार्यालय)लाई 'डोमिनेट' गरेर आदेश मान्ने फौजी निकाय (जिल्ला प्रहरी कार्यालय)लाई प्रोत्साहन दिनु हुँदैनथ्यो,' जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने, 'यसले गर्दा असुरक्षाको अवस्था झन् बढ्यो।' प्रहरीकै संरक्षणमा विपक्षीमाथि आक्रमण भएको हल्ला चलेको बेला यस्तो हुँदा पत्रकार पनि विस्थापित हुन पुगेका ती कर्मचारीको विश्लेषण छ।
क्षेत्रीय प्रशासक त्रितालले माओवादी आमसभामा सत्ता पक्षले नै कडा शव्दमा बोल्दा ध्वंश र विद्रोह भएको बताए। 'जिम्मेवार व्यक्तित्वले त्यस्तो बोल्नु हुँदैनथ्यो,' कार्यक्रममा उनले भने, 'यसले खराब मनोवृत्ति भएका व्यक्तिहरुलाई उद्दण्ड मच्चाउन झन् सघाउ पुर्यायो।' माओवादी कार्यकर्तालाई आमसभाको लागि स्कर्टिङ गरी लगेको हल्ला भने गलत भएको उनले बताए। बरु फर्किँदा उनीहरुलाई स्कर्टिङ गरिएको उनको भनाइ छ।
पत्रकार रिले अनसनमा
असुरक्षालाई कारण देखाई चार दिनदेखि विस्थापित पत्रकारको पुनर्स्थापना र सुरक्षाको माग गर्दै स्थानीय पत्रकारले मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा रिले अनसन सुरु गरेका छन्। सरकार र एकीकृत माओवादीले पत्रकार विस्थापनको घटनालाई सम्बोधन नगरेकोले अनसन सुरु गरिएको नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सूर्यमणि गौतमले बताए। पत्रकारलाई सुरक्षित तबरले कार्यथलो फर्किने अवस्था नबन्दासम्म अनसन जारी रहने उनको भनाइ छ।
अनसनकै बेला क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालसँग भएको बार्ता निश्कर्षबिहीन बनेको थियो। पत्रकार सुरक्षाबारे गृहसचिव र मुख्यसचिवसँग कुरा गरेरमात्र जानकारी दिने बताएपछि पत्रकारहरुले अनसन जारी राखेका थिए।
यसैबीच, दैलेखका पत्रकारको सुरक्षाप्रति चासो नदिएको भन्दै सुर्खेतस्थित नौवटा दैनिक पत्रिकाले सोमबारको अङ्क प्रकाशन नगर्ने निर्णय गरेका छन्। स्थानीय चार एफएम रेडियोले पनि आधा घण्टा प्रशारण रोक्ने निर्णय गरेका महासंघका सुर्खेत जिल्ला अध्यक्ष दुर्गा थापाले बताए। विस्थापित पत्रकारले प्रेस विज्ञप्ति प्रकाशित गरी माओवादी कार्यकर्ताले दिएका धम्की र आक्रमणका प्रमाण आफूहरुसँग सुरक्षित रहेका बताएका छन्। महासंघका जिल्ला अध्यक्ष पुष्कर थापाद्धार हस्ताक्षरित विज्ञप्तिमा सभास्थलनजिकै चारवटा बसमा हतियार राखिएका उल्लेख छ।