रामेश्वर कार्की, धादिङ, माघ ५- वीरगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पिडा-२ बाङ्गेमोड नजिकैबाट त्रिशुली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। ना ४ ख ६११७ नम्बरको बस आज बिहान सवा चार त्रिशुलीमा खसेको हो।
दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन्।
प्रत्यक्षदर्शी केशव रिमालका अनुसार घाइतेहरुलाई उद्दार गरिसकिएको छ। सडकबाट करिब २५ मिटर तल नदी किनारमा पल्टिएर सो दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा ठेगाना नखुलेका बसका चालक राजु, भारत मोतिहारीका अन्दाजी ३२ वर्षीय मुखिया ठाकुर, भारत बैशाली घर भएकी ३० वर्षीया उर्मिलादेवी सिंह र ठेगाना नखुलेका जाहेरको मृत्यु भएको धादिङका प्रहरी नायव उपरिक्षक विकासराज खनालले बताए।
बस चालक, ठाकुर र सिंहको घटनास्थलमा र जाहेरको उपचारको क्रममा काठमाडौँको शिवज्योती अस्पताल बल्खुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाइतेहरुको उद्दार गरी गजुरी अस्पताल तथा काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको छ। केही भाग पानीमा डुबेपनि उद्धार कार्य प्रभावित नभएको दुर्घटना उद्धारमा खटिएका स्थानीयले बताए । उद्धार टोलीमा इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरीबल आदमघाट, र नेपाली सेनाको सबुज गण गजुरीको टोली र स्थानीय राजमार्ग दुर्घटना उद्धार स्वयम्सेवक खटिएका छन् ।
दुर्घटनामा ७ भन्दा बढी घाइतेको अवस्था गम्भीर रहेको छ। दुर्घटनास्थल ट्राफिक प्रहरीको सूचिमा जोखिमयुक्त स्थलको रुपमा किटान गरिएको छ। यस अघि सो स्थानमा आधा दर्जन बढी दुर्घटना भएका थिए।